शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गोसाइँकुण्ड पदयात्रामा हराएका दुई युवकको शव भेटियो

सोमबार, १३ माघ २०७६, १६ : २१
सोमबार, १३ माघ २०७६

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट हराएका दुई युवाको शव आज भेट्टिएको छ ।  गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा गत माघ ३ गते हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल तामाङ र काठमाडौँ जोरपाटीका २० वर्षीय जापान तामाङ हिउँमा पुरिएर मृत्यु भएको अवस्थामा भेट्टिएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए ।

उनका अनुसार हराएका व्यक्तिको खोजीका लागि गाउँपालिकामार्फत परिचालन गरिएको पर्यटक गाइडसमेत रहेका तादी गाउँपालिका–१ उर्लेनीका लालबहादुर तामाङ नेतृत्वको उद्धारकर्मीको समूहले शव भेट्टाएको हो । 
हराएका युवाको खोजीका लागि गाउँपालिका, प्रहरी, स्थानीयवासी एवं आफन्तले हेलिकोप्टरको समेत प्रयोग गरे पनि अवस्था थाहा हुन सकेको थिएन । उनीहरुको खोजीका लागि गाउँपालिकाले रु एक लाख उपलब्ध गराउने जनाएपछि परिचालन भएकामध्ये लालबहादुर तामाङको नेतृत्वमा रहेको उद्धारकर्मीको समूहले फेदीको खोँचस्थित हिउँमा पुरिएको अवस्थामा दुवै जनाको शव बरामद गरेको हो । 

शव परीक्षणका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाउन लागिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप