बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ग्रामी अवार्ड : १८ वर्षीया बिलीले रचिन् इतिहास, हेर्नुहोस् तस्विर

सोमबार, १३ माघ २०७६, १६ : ०४
सोमबार, १३ माघ २०७६

१८ वर्षीया गायिका बिली आइलिसले सन् २०२० को ग्रामी अवार्डमा नयाँ इतिहास रच्न सफल भएकी छिन् ।

अमेरिकी गायिकाले आइतबार ग्रामी अवार्डमा शीर्ष चार अवार्ड हात पार्न सफल भएकी हुन् । उनले उत्कृष्ट नयाँ कलाकार, वर्षको उत्कृष्ट रेकर्ड, वर्षको उत्कृष्ट एल्बम र वर्षको उत्कृष्ट गीतको विधामा अवार्ड हात पारिन् । उनले उत्कृष्ट पप भोकल एल्बमको अवार्ड हात पार्दै पाँचवटा ग्रामी जित्न सफल भइन् ।

यो जीत ऐतिहासिक थियो ।

वर्षको उत्कृष्ट एल्बमको अवार्ड हात पार्ने उनी सबैभन्दा कम उमेरकी एकल कलाकार हुन् । यसअघि टेलर स्वीफ्टले २० वर्षको उमेरमा ‘फियरलेस’ एल्बमबाट यो अवार्ड जितेकी थिइन् ।

एल्बम अफ द इयर अवार्डका लागि उनले बन आइभर, लाना डेल रे, आरियाना ग्रान्डे, हर, लिल नास एक्स, लिजो र भ्याम्पायर विकएन्डलाई पछि पारिन् ।

अवार्ड जित्दा बिली आफै छक्क थिइन् । ‘के म भन्न सक्छु कि यसका लागि आरियाना हकदार थिइन् ?,’ उनले प्रश्न गरेकी थिइन् ।

उनी एकैपटक वर्षको उत्कृष्ट रेकर्ड, वर्षको उत्कृष्ट एल्बम, वर्षको उत्कृष्ट गीत र उत्कृष्ट नयाँ कलाकारको अवार्ड हात पर्ने महिला र समग्रमा दोस्रो कलाकार बनिन् । यसअघि सन् १९८१ मा क्रिस्टोफर क्रसले यो सफलता हात पारेका थिए ।

अडेलले पनि सबै चारवटा ट्रफी जितेकी छिन् तर उनलाई यो सफलता हात पार्न तीन वर्ष लाग्यो ।

लिल नास एक्सले उत्कृष्ट म्युजिक भिडियो र उत्कृष्ट पप डुओ–ग्रुप प्रर्फमेन्सका लागि ग्रामी जिते ।

उत्कृष्ट र्याप एल्बमको अवार्ड टाइलरले जिते भने लिजोले उत्कृष्ट पप–सोलो पर्फमेन्सको अवार्ड हात पारे । उत्कृष्ट आर एन्ड बी एल्बम एन्डरसनले जिते । उत्कृष्ट रक एल्बम केज द एलिफेन्टले जिते भने उत्कृष्ट रकम पर्फर्मेन्स र रक गीतको उपाधि गर्याकी क्लार्क जुनियरले जिते ।

तस्विर : रोयटर्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप