शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पार्टी कार्यालयमै रहेको देउवा र पौडेलको कार्यकक्षमा ‘गुट’ को बैठक

सोमबार, १३ माघ २०७६, १५ : ५०
सोमबार, १३ माघ २०७६

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्न ढिलाइ भएको छ । पार्टी कार्यालय सानेपामा सोमबार १ बजेको लागि बैठक बोलाइएको भएपनि बस्न ढिलाइ भएको हो । 

अहिले अधिकांश केन्द्रीय समिति सदस्यहरु बैठकमा सहभागी हुन सानेपा पुगिसकेका छन् । तर सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूह पार्टी कार्यालयमै रहेको आफ्नो कार्यकक्षमा आन्तरिक परामर्शमा व्यस्त छन् । 

बैठकमा  शुक्रबार शीर्ष नेताहरुबीच भएको सहमति अनुसार एजेण्डा तय गरिएको भएपनि बैठकमा आ–आफ्नो रणनीति तय गर्न दुबै पक्ष आन्तरिक छलफलमा जुटेका हुन् । 

सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार शीर्ष नेताहरुबीच भएको छलफलमा महाधिवेशन तोकिएकै समयमा गर्ने र तल्ला तहको अधिवेशनको मिति केही हेरफेर गर्ने सहमति भएको छ ।

नेताहरुबीच सभापति देउवाको प्रस्तावमा बढाइएका विभागहरुका विषयमा पनि सहमति जुटेको छ ।

गत पुस ११ मा केन्द्रीय समिति बैठकले बहुमतका आधारमा गरेको निर्णय अनुसार काँग्रेसभित्र ४७ वटा विभाग राख्ने निर्णय यथावत् रहनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप