अनसन बस्नेलाई देउवा समर्थकले हाने गमला, कुन्दन काफ्ले सामान्य घाइते
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)मा ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने माग गर्दै ४१ दिनयता रिले अनसनरत समूहलाई सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ताले आक्रमण गरेका हुन् ।
काँग्रेस केन्द्रीय समितिको बैठकका लागि सभापति शेरबहादुर देउवा पार्टी कार्यालय प्रवेश गर्नै लाग्दा अनसनरत समूहका कार्यकर्ताले देउवालाई घेर्न लागेपछि देउवा समर्थक कार्यकर्ताले प्रतिवाद गरेका थिए ।
सो क्रममा दुई पक्षबीच झडप हुँदा नेविसंघ पूर्वमहामन्त्री कुन्दन राज काफ्ले सामान्य घाइते भएका छन् । अनसनरत समूहलाई समर्थन गर्दै आएका काफ्लेको मुखमा चोट लागेको छ ।
प्रत्यक्षदर्शीका अनुसार देउवा समर्थकले पार्टी कार्यालय परिसरमा सजाएर राखिएको गमला अनसनरतमाथि प्रहार गरेका थिए भने दुबै पक्षबीच मुक्का हानाहान समेत भएको थियो ।
अनसनरत समूहले देउवालाई आफ्नो माग सुनुवाइ नगरी ३२ वर्षमाथिबाट तदर्थ समिति गठन गरिएको भन्दै घेरा हालेका थिए । सोही क्रममा नेविसंघ काठमाडौँका सभापति मनोज वैद्यले बिथोल्ने प्रयास गरेपछि विवाद हुँदै हात हालाहाल र गमला प्रहारसम्मको अवस्था निम्तिएको हो ।
यसैबीच अनसनरत समूहमाथि आक्रमण भएको भन्दै काँग्रेस नेता अर्जुन नरसिंह केसीले विरोध गरेका छन् । अनसनस्थलमा पुगेर केसीले बूढानीलकण्ठमा नेविसंघको तदर्थ समिति गठनबारे भएको सहमतिमा आफ्नो सहमति नरहेको बताए । उनले अनसनरत समूहमाथि भएको आक्रमणको पार्टी सभापति सामु कुरा राख्ने पनि बताए ।
पार्टी कार्यालयमा ४० दिनसम्म रिले अनसन बसेका समूहले आजदेखि आमरण अनसन थालेको छ । उनीहरुले कुनैपनि हालतमा ३२ वर्ष मुनीबाट नेविसंघको नेतृत्व चयन गरिनुपर्ने माग गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण