बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विभागीय डर्बीमा पुलिसको बाजी

सोमबार, १३ माघ २०७६, १४ : २३
सोमबार, १३ माघ २०७६

काठमाडौं ।  सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दुई पुलिसबीचको विभागीय डर्बीमा नेपाल पुलिस क्लबले बाजी मारेको छ । दशरथ रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपीएफ क्लबलाई १–० गोलले हरायो । पुलिसको जितमा कप्तान भोला सिलवाल नायक बने ।

भोलाले १३ औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । भोलाले पेनाल्टीमा गोल गरेका थिए । डिबक्सभित्र पुलिसका भरत साहलाई एपीएफका रक्षले फल हानेपछि पाएको पेनाल्टीलाई भोलाले सही सदुपयोग गरे । खेलको अन्तिममा एपीएफका सुदिप शिख्राकारले रातो कार्ड पाएका थिए ।

रेफ्रीमा थी अभद्र व्यवहार गरेका कारण उनलाई रात कार्ड देखाइएको थियो । एपीएफले पनि खेलमा केही गोलका अवसर बनाएको थियो । तर खेलको अन्तिमसम्म गोल फर्काउने एपीएफको प्रयास असफल बन्यो । पुलिसका सौजन राई म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पाए ।

यस हारले एपीएफलाई रेलिगेसनको दवाव थपिएको छ । जितसँगै नौ खेलबाट १४ अंक बनाएको पुलिस पाँचौं स्थानमा उक्लिएको छ । समान खेलबाट पाँच अंक बनाएको एपीएफ १३ औं स्थानमा छ । एपीएफले रेलिगेसन लाइन मात्र छलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप