नेपालमा कोरोना भाइरसको संक्रमण फैलिए के गर्ने ? एयरपोर्टदेखि सौराहासम्म सतर्कता (भिडियो)
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटकीय क्षेत्रमा कोरोना भाइरस देखिन सक्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् ।
सोमबार पर्यटन क्षेत्रसँग सम्बन्धित सरकारी निकाय तथा निजी क्षेत्रका संस्थाहरुलाई कोरोना भाइरसका विषयमा विशेष ध्यान दिन निर्देशन दिएका हुन् । उनले नेपाल अहिले पनि पर्यटनका लागि हरेक हिसाबले सुरक्षित गन्तब्य भएको र कोरोना भाइरसको सन्दर्भमा पनि सुरक्षित छ भन्ने सन्देश दिन उच्च सतर्कता अपनाउनुपर्ने बताए । त्यसका लागि पर्यटकहरु आउने नाकाहरुमा आवश्यक सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।
मन्त्री भट्टराईले पर्यटकीय क्षेत्र पोखरा, लुम्बिनी, चितवन, जनकपुर, पशुपतिनाथ लगायतका ठाउँमा पर्यटकहरु पुग्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरे । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विामानस्थलमा डेडिकेटेड हेल्थ डेस्क राखिएको बताए । उनले पहिला सानो भएको डेस्कमा अहिले कोरोना भाइरसलाई ध्यान दिंदै थप कोठा उपलब्ध गराउने र इक्युपमेन्ट राख्ने काम भइसकेको समेत बताए ।
त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलका महानिर्देशक देवेन्द्र केसीले विमानस्थलमा उच्च सतर्कता अपनाइएको बताए । उनले यात्रुहरुलाई ज्वरो आएको वा अन्य कुनै आशंका भएको पाइएमा अलग राख्ने र अस्पतालसम्म तुरुन्तै लैजाने व्यवस्था गरिएको जानकारी दिए । उनले यात्रुसँग भेटने कर्मचारीहरुलाई पनि उच्च सतर्कता अपनाउन मास्क र पन्जा प्रयोग अनिवार्य गरिएको समेत बताए ।
कोरोना भाइरसबाट नेपालको पर्यटकीय क्षेत्रमा पर्नसक्ने असरका विषयमा मन्त्रालयले विशेष चासो दिएकोले उपत्यका बाहिर पनि अस्तपाल तोकेर उपचार गर्न लागिएको बताए । उनले पर्यटन व्यवसायीहरुले पर्यटकलाई कुनै समस्या देखिए वा कोरोना भाइरस सम्बन्धी लक्षणहरु देखा परे तत्काल अस्पताल सम्म पु¥याउने तथा पर्यटकीय क्षेत्रमा कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने सावधानीका विषयमा प्रचार प्रसार गर्न निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक