इशानीले पाइन् चायल्ड आइकन पोखराको शीर्ष उपाधि
पोखरा । मिडिया ल्याण्डले पोखरामा आयोजना गरेको दोस्रो संस्करणको ‘चायल्ड आइकन पोखरा २०२०’ को शिर्ष उपाधि इशानी बराइली जितेकी छन् । पोखराको सभागृहमा आयोजित अन्तिम स्पर्धामा उनले अन्य प्रतियोगीलाई पछि पर्दै उपाधि चुमेकी हुन् ।
प्रतियोगीतामा जुनियरतर्फ फस्ट रनर्सअप प्राथना रेग्मी र सेकेन्ड रनर्सअप शिशु लावन्य लम्साल घोषित हुँदा सिनियरतर्फ फस्ट रनर्सअप मानुषी भण्डारी र सेकेन्ड रर्नसअप आकांक्षा आचार्य बने । पोखराका १५ विद्यालयबाट ३४ छात्रा र १६ छात्र गरेर प्रतियोगितामा जम्मा ५० जना बालबालिकाको सहभागिता रहेको थियो ।
प्रतियोगितामा जुनियर तथा सिनियर गरी दुई समूहमा विभाजन गरि प्रतिष्पर्धा गराइएको हो । आइकन भने दुवै समूहबाट एकमुष्ट छानिएको हो । प्रतियोगीताको निर्णायकमा गायक रामभक्त जोजीजु, गायिका इतु जोजीजु, रजनी ऋदम राई, मोडल विशाल गुरुङ, मिस तामाङ २०१७ बिजेता कविता तामाङ, खेलाडी जमुना थापा, रमेश पाण्डे, तारा गुरुङलगायत रहेका थिए ।
विजेता तथा उपविजताले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर