केन्द्रीय संस्करण
समाचार

प्रहरी कार्यालय पुगेकी आस्था भन्छिन्, ‘कानुनअनुसार हुने कारवाही स्वीकार गर्छु’ (भिडियो)

person explore access_timeमाघ १३, २०७६ chat_bubble_outline0

काठमाडौँ । अभद्र व्यवहार मुद्दामा प्रहरीको नियन्त्रणमा रहेकी गायिका आस्था राउतसँग प्रहरीले बयान लिएको छ । बयानपछि राउतलाई सरकारी वकिल कार्यालय लगिएको छ ।

सरकारी वकिल कार्यालय जाने क्रममा राउतले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै कानुनभन्दा माथि कोही पनि नरहेको र कानुनअनुसार आफूलाई हुने कारवाही सहर्स स्वीकार गर्ने बताइन् ।

उनले भनिन्, ‘कानुनलाई सहयोग गर्न आएकी हुँ । वहाँहरुले सौहार्दपूर्ण वातावरणमा आफ्नो कुराहरु राख्न दिनुभयो । कानुनभन्दा माथि कोही पनि छैन । कानुनअनुसार ममाथि के कारवाही हुन्छ त्यो सहर्स स्वीकार गर्छु । कानुनलाई कसैले नमिचौँ भन्न चाहन्छु ।’

त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी जवान रमिशा श्रेष्ठले  गायिका राउतले आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी दिएकी थिइन् ।

माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन्  ।

भिडियोमा राउतले आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौच गरेकी थिइन् । पछि विमानस्थलको सीसीटिभी भिडियो नै मिडियामार्फत सार्वजनिक गरेको प्रहरीले राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको थियो ।  सोहीअनुसार आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको थियो ।

उजुरीपछि राउत सोमबार बिहान आफै प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.