बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुखको शपथविरुद्ध प्रदर्शन गर्ने मानवअधिकारकर्मी पक्राउ

सोमबार, १३ माघ २०७६, १२ : ५२
सोमबार, १३ माघ २०७६

नवनियुक्त सभामुख अग्नि सापकोटाको शपथ ग्रहणको क्रममा मानवअधिकारकर्मी पक्राउ परेका छन् । सापकोटालाई पद तथा गोपनियताको शपथ नराउन माग गर्दै प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मी पक्राउ परेका हुन् । 

सोमबार राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि हत्या आरोपी सापकोटालाई सभामुख बनाएको भन्दै विरोध गरेका थिए । 

महानगरी प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार अधिकारीकर्मी एवं नागरिक समाजका अगुवा चरण प्रसाईंलगायत करिब १० जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरुमा पुर्णिमाया लामा प्रसाईं, महामुनिश्वर आचार्य, जनक राउत, एलिना गौतम, निरन्जन थपलिया, विपिन बुढाथोकी, शंकर बुढाथोकी, बालकृष्ण गजमेर,जेसिलिन राना,प्रशान्त त्रिपाठी, राजन कुइँकेल रहेका छन् । 

उनीहरुले अदालतमा विचाराधीन मुद्दा हुँदाहुँदै सापकोटालाई सभामुख बनाइएको भन्दै विरोध प्रदर्शन गरेका हुन्। 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप