बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतीय नंम्बरको ट्याङ्कर तेर्सिंदा सडक अवरुद्ध

सोमबार, १३ माघ २०७६, १२ : १३
सोमबार, १३ माघ २०७६

सिद्धबाबामा भारतीय नंम्बरको ट्याङ्कर तेर्सिंदा सडक अवरुद्ध बनेको छ । 

एचआर ५८ ए ८९१० भारतीय नंको ट्याङ्कर फर्काउने क्रममा बिग्रिएकाले सोमबार बिहान ७ बजेदेखि सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्ड अवरुद्ध बनेको हो । 

सडक अवरुद्धका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा यात्रु बीच बाटोमै अलपत्र छन् । 

प्रहरीका अनुसार ट्याङ्कर फर्काउने क्रममा पार्किङमा राखिएका भ्यान र स्कुटीलाई ठक्कर दिएको थियो । ठक्करबाट लु१ज ३२१५ नं।को भ्यान र लु४६च ३२३६ नं स्कुटीमा क्षति पुगेको प्रहरीको दाबी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप