केन्द्रीय संस्करण

चर्चित नायिकाकी छोरीले भनिन्, ‘म कार्तिक आर्यनसँग बेड सेयर गर्न सक्छु’

person explore access_timeमाघ १३, २०७६ chat_bubble_outline0

कबिर बेदीकी नातिनी एवं पूजा बेदीकी छोरी अलाया फर्निचरवालाले सैफ अली खानसँग बलिउडमा डेब्यू गर्ने भएकी छिन् ।

फिल्मको घोषणा भएलगत्तै उनी विभिन्न कार्यक्रममा पुग्ने गरेकी छिन् ।

हालै उनी जूम टिभीको एक च्याट शोमा पुगेकी थिइन् । यसमा उनले कार्तिक आर्यनबारे विभिन्न सवालको जवाफ दिएकी छिन् । कार्यक्रममा उनलाई यदि अचानक उनको बेडमा कार्तिक आर्यन देखिए भने उनले के गर्लिन् भनेर प्रश्न सोधियो, जवाफमा उनले भनिन्, ‘कार्तिक आर्यनसँग बेड सेयर गर्न मलाई कुनै आपत्ति हुने छैन ।’

यसका साथै उनलाई सारा र कार्तिकको ‘लव आजकल’ को बोल्ड सीनमा उनको के धारणा छ भनेर पनि सोधियो जसमा उनले भनिन्, ‘मैले लभ आजकालको ट्रेलर हेरेकी छु , यदि म यो दृश्यमा भएको भए उक्त दृश्य त्यति नै दमदार हुने गर्दथ्यो । यी दुईले उक्त दृश्यलाई निकै राम्रो बनाएका छन् ।’

यसका साथै उनलाई अनन्या पाण्डेको विषयमा पनि प्रश्न सोधिएको थियो  । आफूले अनन्या पाण्डेको तुलनामा नेपोटिजम (भाइ भतिजावाद) बारे अझै राम्रो जवाफ दिन सक्ने बताएकी छिन् । यसबारे उनले भनिन्, ‘जब अनन्यालाई नेपोटिजमबारे प्रश्न सोधिन्छ तब उनी सटिक जवाफ दिन सक्दिनन् । तर यदि मलाई यसबारे प्रश्न सोधिएको खण्डमा म उनले भन्दा सटिक जवाफ दिनसक्छु ।’

बलिउडकी एक चर्चित परिवारको तेस्रो पीढिकी अलाया सेफ अली खानसँग  फिल्म जवानी जानेमनमार्फत् डेब्यू गर्न लागेकी हुन् । फिल्ममा यात्रा थालनी गर्नुअघि उनले आफ्नो नाम आलिया इब्राहिम, आलिया फर्निचरवालालाई परिवर्तन गरेर अलाया फर्निचरवाला छानेकी छिन् ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...