बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फेरि बढ्यो सुनको मूल्य

सोमबार, १३ माघ २०७६, ११ : ४५
सोमबार, १३ माघ २०७६

सुनको मूल्य फेरि बढेको छ । सोमबार सुनको मूल्य ५ सयले बढेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७६ हजार पुगेको छ । हिजो आइतबार ७५ हजार ५ सयमा सुनको कारोबार भएको थियो । 
 
छापावाल सुन प्रति दशग्राम ६५ हजार १ सय ६० अर्थात तोलाको ७६ हजार पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजार भाउँ बढ्दा स्थानीय बजारमा सुनचाँदीको भाउँमा बृद्धि आएको महासंघले जनाएकोछ  । 
 
यस्तै चाँदीको भाउँ पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको ९ सय पुगेको महासंघले जनाएको छ । आइतबार तोलाको ८ सय ९५ मा कारोबार भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप