भोजपुरी गीतको भिडियोमा केकी
सोमबार, १३ माघ २०७६, ११ : ४४
![भोजपुरी गीतको भिडियोमा केकी](https://rpcdn.ratopati.com/media/albums/keki_1bryZ3rjJ8.jpg)
काठमाडौं । फिल्म भन्दाबढि म्युजिक भिडियोमा देखिने अभिनेत्री हुन् केकी अधिकारी । केकीलाई अब भोजपुरी गीतको म्युजिक भिडियोमा पनि देख्न सकिनेछ ।
भोजपुरीकी चर्चित गायिका इन्दु सोनालीको नयाँ गीत ‘हमनिके भागिया’को म्युजिक भिडियोमा अभिनेत्री केकीले मोडलिङ गरेकी छन् ।
उपेन्द्र सहानीको शब्द, शिखर सन्तोषको संगीत रहेको गीतको म्युजिक भिडियोमा केकीलाई उतार्ने काम निर्देशक पुर्णेन्द्रु झाले गरेका हुन् । भिडियोमा केकीसँग विजय यादव निर्बिजको समेत अभिनय रहेको छ ।
भिडियोमा केकी भोजपुरी लुक्समै देखिएकी छन् ।