शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोबे ब्रायन्टलाई किन भनिन्छ बास्केटबलका महान् खेलाडी ?

सोमबार, १३ माघ २०७६, १० : ४७
सोमबार, १३ माघ २०७६

अमेरिकाका बास्केटबल खेलाडी कोबे ब्रायन्टको अमेरिकी प्रान्त क्यालिफोर्नियामा एक हेलिकोप्टर दुर्घटनामा निधन भएको छ ।

उक्त दुर्घटनामा ब्रायन्टका साथै उनकी १३ वर्षकी छोरी गियानासमेत कुल ९ जनाको मृत्यु भएको छ ।

४१ वर्षीय ब्रायन्ट आफ्नो नीजि हेलिकोप्टरमा यात्रा गरिरहेका बेला दुर्घटनाको शिकार भएका हुन् ।

कोबेलाई किन महान् भनिन्छ ?

संसारभरी यदि बास्केटबलका कुल पाँच महान् खेलाडीको नाम लिने हो भने कोबे ब्रायन्टको नाम प्रमुखताका साथ लिइन्छ ।

कोबेको मृत्युपछि ट्वीटरदेखि फेसबुकमा उनी र उनको दुर्घटनाबारे चर्चा परिचर्चा भइरहेको छ, जुन टप ट्रेन्डमा परेका छन् । यसमार्फत् संसारभरी बास्केटबलका प्रशंसकबीच कोबे कति लोकप्रिय थिए भन्ने कुराको अनुमान लगाउन सकिन्छ ।

कोबेको मृत्युमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, पूर्व राष्ट्रपति बराक ओबामा, नेपालकी राष्ट्रिय महिला बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठ, बलिउडका प्रीति जिन्टा, करण जोहरले शोक व्यक्त गरेका छन् ।

बास्केटबलका जादुगर कोबेः

पाँच पटक नेशनल बास्केटबल असोसिएशन अर्थात् एनबीए च्याम्पियन कोबे ब्रायन्टलाई बास्केटबलको इतिहासमा सबैभन्दा सफल महान् खेलाडीमध्ये एकमा गनिन्थ्यो ।

ब्रायन्टको मृत्युपछि एनबीएले बयान जारी गर्दै भनेको छ, ‘कोबे ब्रायन्ट र उनकी १३ वर्षीया छोरी गियानाको दःखद अन्त्यले हामी सबै अकल्पनीय शोकमा छौं । उत्कृष्ट प्रतिभाहरु जीतका लागि पूर्ण समर्पणसहित एकसाथ आउँछन् भने के गर्न सकिन्छ भनेर उनले हामीलाई २० वर्षसम्म देखाए ।’

ब्रायन्टले आफ्नो २० वर्ष लामो करियमा सधैं लस एन्जेल्स लाकेर्समार्फत् खेले ।

सन् २०१६ को अप्रिल महिनामा अवकाश लिएपछि उनले सन् २००८ मा एनबीएका सबैभन्दा महत्वपूर्ण खेलाडीको उपाधि हासिल गरेका थिए ।

यसका साथै उनले दुई पटक एनबीए फाइनल्समा एमवीपीको उपाधि हासिल गरे ।

कोबेको नाममा दुई पटक एनबीए स्कोरिङ च्याम्पियनको उपाधि र दुई पटक ओलम्पिक खेलमा च्याम्पियन बनेको उपाधि दर्ता छ ।

कोबेले सन् २००६ मा टोरेन्टो रेपटर्सविरुद्ध एउटा खेलमा ८१ अंक हासिल गर्ने उद्देश्य हासिल गरेका थिए जुन उनको करियरको एक महत्वपूर्ण उपलब्धिमा समावेश छ ।

बास्केटबलदेखि ओस्करसम्मः

ब्रायन्टले बास्केटबलको दुनियाँमा अवार्ड र सम्मान हासिल गर्नुका साथै एउटा ओस्कर अवार्ड पनि हासिल गरेका छन् ।

कोबेले सन् २०१५ मा बास्केटबललाई एउटा प्रेम पत्र लेखेका थिए । जा यी प्रेम पत्रमा डियर बास्केट बल नामबाट एउटा छोटो एनिमेटेड फिल्म बनाइयो तब यसले ओस्कर अवार्ड पाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप