कोरोना भाइरसका सबै विरामीलाई क्वारेन्टाइनमा राखेर उपचार गर्नु : राष्ट्रपति सी
एजेन्सी । चीनमा विस्फोटक रुप लिएको कोरोना भाइरसबाट सोमबारसम्म ८० जनाको मृत्यु भइसकेको छ । त्यस्तै चिनियाँ स्वास्थ्य संस्थाका अनुसार देशभरको विरामीको संख्या बढेर २७४४ पुगेको छ ।
यही प्रकोपबारे छलफल गर्न शनिबार चीनको सत्तारुढ कम्युनिष्ट पार्टीका शीर्ष नेताको वैठक बसेको थियो । बैठकको अध्यक्षता चिनियाँ राष्ट्रपति सी स्वयम्ले गरेका थिए ।
सीले बैठकमा उहान सहर रहेको हुवे प्रान्तका अधिकारीलाई रोगविरुद्ध थप प्रयास गर्न भनेका छन् । सीले चीनका सम्पूर्ण तहका सरकारलाई जीवन र स्वास्थलाई उच्च प्राथमिकता दिन निर्देशन दिए ।
सीले उक्त बैठकमा कोरोनाभाइरस संक्रमित सबै विरामीलाई क्वारेन्टाइनमा राखेर उपचार पनि निर्देशन दिएका छन् ।
प्रकोपको उद्गम स्थल उहान रहेको प्रान्त हुबेमा थप २४ को मृत्यु भएको छ । पछिल्लो समय हुबे प्रान्त बाहिर भने संक्रमणले नयाँ विरामी मरेको खबर आएको छैन ।
चीनको राष्ट्रिय स्वास्थ्थ आयोगका अनुसार संक्रमितमध्ये ४ सय ६१ को अवस्था गम्भीर अवस्थामा छन् ।
चीनले श्वासप्रश्वास प्रणालीमा असर गर्ने कोरोना भाइरसको विस्तार रोक्नको लागि हुबे प्रान्तबाट मानिस आउजाउमा प्रतिबन्ध लगाएको छ ।
अहिले त्यस प्रान्तमा दुई हप्तासम्म चल्ने नयाँ वर्ष पर्वलाई घटाइएको छ भने अर्को सूचना जारी नभएसम्मको लागि विद्यालयहरु बन्द गरिएका छन् ।
हाल प्रकोप फैलाउन भूमिका रहेको भनिएको कोरोनाभाइरस बिगतमा पहिचान भएको थिएन । तर यो सन् २००२–०३ बीचमा फैलिएको प्राणघातक सार्स भाइरससँग मिल्दोजुल्दो रहेकाले चिन्ता बढेको छ ।
विगतमा चिनियाँ सरकारले सार्स प्रकोपलाई ढाकछोप गर्न खोज्दा उक्त रोग २९ देशमा विस्तार भएको थियो ।
उहान भाइरसको प्रकोपमा अपनाइएको पारदर्शितालाई लिएर धेरैले चिनियाँ सरकारको प्रशंसा गरेको भए पनि ती कदम ढिलो गरी उठाइएकोमा केही जनस्वास्थकर्मीले असन्तोष पनि व्यक्त गरेका छन् ।
‘चीनले यो पटक अत्यधिक पारदर्शिता अपनाएको साँचो हो तर पनि धेरै कुरा बदलिएका देखिएन । उहानको भाइरस नोभेम्बर महिनाको अन्तिमतिरै देखिन सुरु भएको थियो । तर चीनले डिसेम्बरमा गएर विश्व स्वास्थ संगठनलाई सूचित गरायो । सी जिनपिङले प्रकोपमा पूर्ण पारदर्शीता अपनाउन निर्देशन दिएपछि सम्पूर्ण तथ्याङ्क बाहिर आउन थालेको हो,’ सार्स प्रकोपको रिपोर्टिङ गरेका अल–जजिराका पत्रकार एड्रिएन ब्राउनले बताए ।
तर चीनले अहिल प्रकोपविरुद्ध कडा कदम उठाइरहेको छ । चीनका कैयौँ सहरले यातायातमा कडाइ गरेका छन् । भने दक्षिणको घना वस्ती रहेको ग्वाङदोङ, केन्द्रीय चीनको जियाछी प्रान्तले सार्बजनिक स्थानमा माक्सलाई अनिवार्य गरेको छ ।
स्रोत : https://edition.cnn.com/asia/live-news/coronavirus-outbreak-01-27-20-intl-hnk/index.html
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको नामसँग जोडियो यो गजबको कीर्तिमान ! जितको श्रेय नुर अहमदलाई
-
सरकारी योजना बिक्रीबारे प्रदेश सभामा उठेको विषयले मधेस तरङ्गित
-
आन्दोलनरत शिक्षक अगुवाहरूसँग कांग्रेस महामन्त्रीद्वयको छलफल
-
‘सांसदहरूले कमिसनमा आफ्नो योजना बेचेका छन् भन्ने सुनेको छु’
-
‘सरकारले आफ्नो गल्ती ढाकाछोप गर्न सांसदमाथि आरोप लगाएको छ’
-
ब्याट्सम्यानलाई साथ दिने पिचमा कोलकाता र पञ्जाबलाई सर्वाधिक रन बनाउने कप्तानको भर