बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपालबाट भारत तस्करी गर्न लागिएको २१ तोला सुनसहित एकजना पक्राउ

सोमबार, १३ माघ २०७६, १० : ३६
सोमबार, १३ माघ २०७६

नेपालबाट भारत तस्करी गर्न लागिएको २१ तोला सुनसहित एकजना पक्राउ परेका छन् । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित सडकबाट सुनसहित २३ वर्षीय दीपक महतो पक्राउ परेका हुन् । 

आइतबार साँझ धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका –४ का महतोलाई सशस्त्र प्रहरी बिओपी मटिहानीका प्रहरीले बा १२ प ५०७६ नम्बरको कारमा राखी भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । 

सशस्त्र प्रहरी बिओपी मटिहानीका प्रहरी निरीक्षक हिमाल थापाका अनुसार १६ लाख २४ हजार ६०६ मूल्य पर्ने स्रोत नखुलेको सो परिमाणको सुन बरामद गरिएको हो ।

कारमा सुनसहित पक्राउ परेका युवक महतोलाई आवश्यक कारवाहीका लागि सुन र कारसहित सशस्त्र प्रहरीले जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप