कोरोना भाइरसबाट मर्नेको संख्या ८० पुग्यो : २७०० जना संक्रमित

चीनमा देखापरेको वुहान कोरोनाभाइरसको कारण मर्नेहरुको संख्या बढ्दै गएको छ र चिनियाँ अधिकारीहरुले सोही भाइरसको कारण मर्नेको संख्या ८० पुगेको जनाएको छ ।
सोही भाइरसका संक्रमणमा पर्नेहरुको संख्या चीनमा २७०० पुगेको छ । गत डिसेम्बरमा चीनको वुहानमा देखापरेको सो भाइरस यतिखेर चीनका अन्य शहरहरुमा पनि फैलिँदै गएको छ भने चीन बाहिर पनि त्यस भाइरसबाट संक्रमित रोगीहरु फेला परिरहेका छन् ।
वुहान भाइरसका कारण चीनका कतिपय शहरहरुमा आवातजावातमा कडाइ गरिएको छ । वुहानमा सार्वजनिक यातायात, स्कुल, कलेज, प्रतिष्ठानहरु बन्द गरिएका छन् । वुहान शहरमा जान र त्यहाँबाट बाहिर आउन प्रतिबन्ध लगाइएको छ । यतिखेर चीनका करिब ६ करोड जनताहरुका जनजीवन यसै भाइरसका कारण नराम्ररी प्रभावित भएको छ ।
चीन बाहिर विभिन्न १३ स्थानमा वुहान भाइरसबाट संक्रमित रोगीहरु फेला परिसकेका छन् ।
खतरनाक कुरा के छ भने यो भाइरस कुनै लक्षणहरु देखानपरिकनै एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गरेको पाइएको कुरा चिनियाँ अधिकारीहरुले बताएका छन् । तर यो कुराको आधिकारिक र ठोस पुष्टि भने भइसकेको छैन ।
Title Photo: https://www.aljazeera.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुवाकोटमा प्रदर्शन भएपछि काठमाडौँबाट फोहोर बोकेर गएका गाडी बाटोमै रोकिए (तस्बिरहरू)
-
डा. बबी सिंह रिहा, थप अनुसन्धानको जिम्मेवारी सर्लाही प्रहरीलाई
-
विद्यालय कर्मचारी परिषद्ले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम
-
‘दलहरूबिचको चरम अविश्वासलाई हेर्दा मध्यावधिमा जानु नै ठिक हुन्छ’
-
नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न, तयारी पूरा
-
राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट