शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गायिका आस्थाद्वारा प्रहरीसमक्ष ‘आत्मसमर्पण’

सोमबार, १३ माघ २०७६, ०९ : ४६
सोमबार, १३ माघ २०७६

त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएससपी होविन्द्र बोगटीले राउतलाई आफन्तले नै कार्यालयमा उपस्थित गराएको रातोपाटीलाई जानकारी दिए ।

‘कानुनी प्रक्रियालाई सहयोग गर्ने भन्दै वहाँ बिहान साढे ७ बजे कार्यालयमा उपस्थित हुनुभएको हो,’ बोगटीले रातोपाटीसँग भने, ‘अब आवश्यक कानुनी प्रक्रिया अघि बढ्नेछ ।’

माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन्  । भिडियोमा राउतले आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौच गरेकी थिइन् । 


पछि विमानस्थलको सीसीटिभी भिडियो नै मिडियामार्फत सार्वजनिक गरेको प्रहरीले राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको थियो ।  सोहीअनुसार आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको थियो । 

प्रहरीले अब राउतलाई जिल्ला प्रशासनमा उपस्थित गराउनेछ । त्यहीँबाट उनी प्रहरी नियन्त्रणमा नै रहने वा रिहा हुने प्रक्रिया अघि बढ्नेछ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप