कोरोना भाइरसको संक्रमण हुन नदिन विमानस्थलमा ‘हाई अलर्ट’
सोमबार, १३ माघ २०७६, ०७ : ४८

कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । विमानस्थलमा विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ ।
कसैलाई ज्वरो आएको पाइए एम्बुलेन्समार्फत अस्पतालमा पु¥याइने व्यवस्था मिलाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ डेस्कलाई सकृय बनाउँदै प्रत्येक नागरिकको स्वास्थ्य जाँचको व्यवस्था मिलाएको जनाएको छ ।
त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलको हेल्थ डेस्कमा ‘थर्मल स्क्यानर’ जडान गरिएको छ । हेल्थ डेस्कमा रहेको थर्मल स्क्यानरले जहाजबाट ओर्लेर एयरपोर्ट छिर्दै गरेका सबै यात्रुको ज्वरो परीक्षण गर्छ । शंकास्पद बिरामीलाई त्यहीँबाट छुट्टै एम्वुलेसमा राखेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइने गरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ