शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अब भन्सार जाँचपास मोबाइलबाटै

सोमबार, १३ माघ २०७६, ०७ : १५
सोमबार, १३ माघ २०७६

भन्सार जाँचपास प्रक्रियालाई थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यसहित मोबाइलबाटै जाँचपास गर्न सकिने सुविधा थप गरिएको छ । भन्सार बिन्दुका तोकिएका कर्मचारीले प्रयोग गर्न पाउने गरी मोबाइल एपमार्फत नै जाँचपास प्रक्रिया पूरा गर्न सकिने व्यवस्था भन्सार विभागले सुरु गरेको हो । 

यो एप सर्वसाधारणले भने प्रयोग गर्न पाउने छैनन् । भन्सार अधिकृतले भन्सार परिसरमा मात्र यो एप्स प्रयोग गरेर जाँचपास गर्न सकिने सुविधा यसमा उपलब्ध छ । कम्प्युटरबाट मात्रै जाँचपास गर्नुपर्ने बाध्यतालाई यो एपले हटाउने विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए । भन्सार परिसरमा जहाँबाट पनि यो एप प्रयोग गरेर सजिलै जाँचपास गर्न सक्ने सुविधा थपिएको उनले बताए ।

सम्बन्धित कर्मचारीले मात्र हेर्न सक्ने यो एपमा प्रज्ञापनपत्रको सूची, सवारीको प्रवेश रुट, प्रणालीले तोकेको जाँचकी परिवर्तन जस्ता काम गर्न सकिन्छ । त्यस्तै जाँचपास सकिएपछिको जानकारी, हरियो मार्गमा पठाउने आदेश, जाँचपासपछि सवारीलाई बाहिर पठाउनका लागि सूचना दिने जस्ता काम एपमार्फत नै गर्न सकिने विभागले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप