भीमदत्त राजमार्ग जोखिमपूर्ण बन्दै
अमरगढी । सुदूरपशिचम प्रदेशको मुख्य विन्दु सात पहाडी जिल्लाको प्रमुख राजमार्ग भिमदत्त राजमार्ग जोखिम बन्दै गएको छ । मर्मतसम्भार नहुँदा सुदूरपश्चिमका पहाडी जिल्लाको प्रमुख राजमार्ग भिमदत्त राजमार्ग जोखिम बन्दै गएको हो ।
सडकका बीचबीचमा ठूलाठूला खाल्टाखुल्टी परेका छन् । खाल्टाखुल्टीका कारण सडक जीर्ण हुँदा यातायात सञ्चालनमा जोखिम बढेको छ । भिमदत्त राजमार्गको गैरादेखि साहुखर्क क्षेत्रमा सडकमा बीचबीचमा खाल्टाखुल्टी हुँदा उक्त क्षेत्रमा यातायात सञ्चालनमा जोखिम बढेको छ । भिमदत्त राजमार्ग मर्मतका लागि प्रत्येक वर्ष ठेक्का हुने गरेको भए पनि ठेकेदारको अटेरीका कारण सडकको मर्मत हुन नसकेको डिभिजन सडक कार्यालय कुलपाते डोटीले जनाएको छ ।
पटकपटको वर्षा र हिमपातले कालोपत्र उप्किएर राजमार्गका बीचबीचमा खाल्टाखुल्टी परेका छन् । सडक साँघुरो लगातारको हिमपातले सडकबाट हिउँ हटाउनुपर्दा सडक हिलाम्य भइ बीच सडकमा खाल्टाखुल्टी हुँदा दुर्घटनाको जोखिम बढेको चालक बताउँदै आएका छन् ।
साविकको सुदूरपश्चिमका पहाडी जिल्लालाई तराईका जिल्लासँग जोड्ने एकमात्र यो राजमार्गमा सवारी साधनको अत्यधिक चाप हुने गरेको छ । केही समययतादेखि यो सडकमा ठूला यातायातका सवारी साधन क्षमताभन्दा बढी भार बोकेर सञ्चालन हुने दुई हजारभन्दा बढी यातायातका सवारी साधन सञ्चालन हुने गरेका छन् ।
हिमपातले शुरु हुने भएकाले सडको अवस्था जीर्ण हुदा तथा वर्षा यहाँका हिउँदेयाममा मङ्सिरदेखि चैतसम्म यस राजमार्गामा भारी हिमापत हुने र वर्षायाम हिलाम्य हुने र चिप्लो सडकमा दुर्घटनाको जोखिम हुँदा पनि सवारी चलाउनुपर्ने बाध्यता रहेको डडेलधुरा–धनगढी नियमित माक्रोबस चलाउँदै आएका रोहित भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल