प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरधाम राख्ने सहमति

धनुषा । प्रदेश नं २ को स्थायी राजधानी जनकपुरधाम राख्ने सहमति भएको छ । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित संसदीय विशेष समितिमा सो सहमति भएको हो ।
समितिको आज बसेको बैठकमा स्थायी राजधानी जनकपुरधामका साथै उत्तरमा धनुषा जिल्लाको मिथिला नगरपालिकाको ढल्केवर, दक्षिणमा भारतको अन्तर्राष्ट्रिय सीमा तथा पूर्व र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा क्षेत्रसम्म राजधानीको सीमा समेतमा सहमति भएको छ ।
सभामुख यादवका अनुसार समितिका सदस्यका साथै प्रदेशसभामा दर्ता गराउने प्रस्तावक, समर्थक र संशोधनकर्ता समेतसँग छलफल गरी उक्त सहमति कायम भएको छ । गत भदौ ५ गते विभिन्न दल र दलका प्रस्तावप्रति असहमति राख्ने सदस्यले प्रदेशसभामा स्थायी राजधानी र प्रदेशको नामबारे प्रस्ताव दर्ता गराएका थिए ।
विशेष समितिमा स्थायी राजधानीका सन्दर्भमा भएको सहमतिलाई प्रदेशसभामा दुई तिहाइ मतले पारित गरिएपछि स्थायी राजधानीको टुङ्गो लाग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरको सभागृह प्रयोग विहीन
-
तेह्र बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न
-
नेपालको राजा राजावादी भएन, राजतन्त्रवादी भयो : गगन थापा
-
१६ वर्षमा बिहे भएको स्वीकार गर्दै मिस पबीले भनिन्, ‘एउटा ठुलो दुर्घटना थियो, कट्यो’
-
खेलकुदलाई प्रतिबन्धित औषधिको प्रयोगबाट टाढा राख्न सामूहिक प्रतिबद्धता आवश्यक
-
बागमती नगरपालिकाका निलम्बित मेयर थापाविरुद्ध तेस्रो मुद्दा