बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश : प्रदेशसभामा दुई विधेयक प्रस्तुत

आइतबार, १२ माघ २०७६, २१ : १७
आइतबार, १२ माघ २०७६

वाग्मती प्रदेशसभाको आज अपराह्नमा बसेको बैठकमा दुई वटा विधेयक छलफलका लागि प्रस्ताव प्रस्तुत गरिएको छ ।

उक्त बैठकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेलले प्रदेशभित्र सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ र कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावादोर्जे लामाले प्रदेशमा दूध विकास बोर्ड ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०७६ को प्रस्ताव बृहत् छलफका लागि टेबुल गरे । 

वाग्मती प्रदेशसभाको सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक माघ १३ गते सोमबार बिहान ११ः३० बजे बस्नेगरी आजको बैठक स्थगित गर्नुभयो । गत पुस २७ गते बसेको प्रदेश नं. ३ प्रदेशसभाको पाँचौँ बैठकले प्रदेशको राजधानी हेटौँडा र नाम वाग्मती राखेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप