विमानस्थलबाट अवैध अमेरिकी डलरसहित एक पक्राउ
आइतबार, १२ माघ २०७६, २० : ३७
नेपाल प्रहरीले अवैधरूपमा लुकाइछिपाई विदेश लैजान लागेको अमेरिकी डलरसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले आठ हजार ४१७ अमेरिकी डलरसहित ललितपुरका ३३ वर्षीय विकास जोशीलाई शनिबार पक्राउ गरेको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले इत्तेहाद एयरवेजको उडानबाट अबुधावी हुँदै अमेरिका जान लागेका जोशीलाई विमानस्थलको प्रस्थान कक्षमा पक्राउ गरेको जानकारी दिए ।
पक्राउ परेका जोशीलाई राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सम्बन्धी अमेरिकी प्रतिवेदन: तिब्बती शरणार्थीको अधिकारदेखि न्यायालयमा घुससम्म प्रश्न
-
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य
-
आईपीएलमा आज : बलियो कोलकातालाई उसैको घरमा पञ्जाबको चुनौती
-
जेठमा ‘नेपाल फेसन फेस्टिभल’ आयोजना हुने
-
सरकार टिकाउने तीन नेताको के छ रणनीति ?
-
ठुलो पर्दामा फर्किन लागेका हुन् गोविन्दा ?