झापाको गौरीगञ्जबाट ७० किलो सुर्ती बरामद
आइतबार, १२ माघ २०७६, १५ : २३
झापा । झापाको पश्चिम दक्षिणी भारतीय सीमावर्ती क्षेत्र गौरीगञ्जबाट प्रहरीले ठूलो परिणाममा सुर्ती बरामद गरेको छ । गेउरिया पुल नजिकै साइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ७० किलो अवैध सुर्ती आज बिहान बरामद गरिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक गणेश भट्टराईले बताए ।
गौरीगञ्ज, कोरोबारी, कुञ्जीबारी, महाभारा, शिवगञ्ज, झापा बजारलगायत जिल्लाका पश्चिम दक्षिण भारतीय नाकासँग जोडिने क्षेत्रमा भारतबाट अवैध रुपमा भारी मात्रामा सुर्तीको ओसारपोसार हुने गरेको सूचनाका आधारमा प्रहरीले सीमावर्ती क्षेत्रमा कडाइ गरिएको प्रहरी निरीक्षक भट्टराईले बताए । बरामद गरिएको सुर्ती छोटी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच पहिलो खेल आज
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर