चाँदीका गहना सहित २ जना पक्राउ
आइतबार, १२ माघ २०७६, १५ : ११
सिरहा । सिरहाको लहान नगरपालिका-८ बाट अबैध रुपमा बोकेर हिँडेको ५ किलो ७ सय ४२ ग्राम बराबरको चाँदीका विभिन्न गहना सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मोरङ पथरी शनिश्चरे नगरपालिका-१४ बस्ने ३० वर्षीय सुमन बिक र झापा शिवसतासी नगरपालिका-८ झिलझिले बस्ने ३८ वर्षीय दल बहादुर बिक रहेका छन् ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त गहनाहरू सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।