भारतद्वारा नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग

काठमाडौँ । ७१ औं गणतन्त्र दिवसका अवसरमा भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग गरेको छ ।
नेपालस्थित भारतीय दूतावासले आफ्नो गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न अस्पताल तथा गैरनाफामुलक संस्थालाई ३० वटा एम्बुलेन्स सहयोग गरेको हो ।
दूतावासले विभिन्न शैक्षिक संस्थाहरुलाई ६ वटा बस समेत सहयोग गरेको छ । नेपालस्थित भारतीय दूतावसमा भएको एक कार्यक्रमकाबीच वीर नारी एकल महिला तथा मृतक सैनिकका परिवारलाई सम्मान पनि गरेको छ । दूतावासका अनुसार १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना नातेदारलाई ५ करोड ९७ लाख नेपाली रुपैयाँ र कम्बल वितरण गरी सम्मान गरिएको हो ।
कार्यबाहक राजदूत डा. अजय कुमारले सात वटै प्रदेशमा रहेका ५१ वटा पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक समेत प्रदान गरे ।
कार्यबाहक राजदूत अजय कुमारले गणतन्त्र दिवसका अवसरमा भारतीय राष्ट्रपति दिएको शुभकामना सन्देश पढेर सुनाएका थिए ।
भारतले नेपालको आर्थिक विकासको यात्रामा हातेमालो गर्ने प्रतिवद्धता समेत गरेको छ । विभिन्न समय र सन्दर्भमा भारतले नेपालका नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल तथा गैर नाफामुलक संस्थाहरलाई ७ सय ८२ एम्बुलेन्स र विभिन्न शैक्षिक संस्थाहरुलाई १ सय ५४ बस प्रदान गरेको छ । दिवसका अवसरमा इण्डिया हाउसमा भएको स्वागत समारोहमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन लगायत विभिन्न राजनीतिक दलका नेताहरु सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज महानगरद्वारा ३३ करोड ५६ लाख राजस्व सङ्कलन
-
अवैध लागु औषधसहित ५ जना पक्राउ
-
भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा
-
कर्णाली भूकम्पका नाममा सङ्घसंस्थालाई ३८ करोड, खर्चअनुसार छैन उपलब्धि
-
गर्मीमा किन रातो हुन्छ आँखा ? कसरी पाउने छुटकारा ?
-
पूर्वीनाका काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम आयात