शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

थाहा पाउनुस् चीनको कारखानामा कसरी तयार गरिन्छ वयस्क खेलौना

आइतबार, १२ माघ २०७६, १२ : ५९
आइतबार, १२ माघ २०७६

संसारका थुप्रै देशमा  वयस्क खेलौना ‘एडल्ट डल्स’ को चलन तीब्र रुपमा बढिरहेको छ । यसको कारण घट्दो जन्मदर र बढ्दो एक्लोपन हो । मानिसहरु आर्टिफिशियल इन्टेलिजेन्स टेक्नोलोजीयुक्त सिलिकनबाट बनेको रोबोट डल्सलाई आफ्नो जीवनसाथी बनाइरहेका छन् । आर्टिफिशियल इन्टेलिजेन्सयुक्त यो रोबोट कुराकानी पनि गर्छ । अमेरिका, ब्रिटेन, जर्मनी, जापान र चीनसमेत संसारभरीका मानिस यसको प्रयोग गरिरहेका छन् । एउटा सेक्स डलको मूल्य साधारणतया ३ देखि साढे तीन लाख रुपैयाँ पर्छ । सेक्स डलको बढ्दो मागका कारण यो उद्योग तीब्र रुपमा बढिरहेको छ । चीन, सेक्स डल बनाउने एउटा ठूलो अड्डा छ । आज हामी तपाईंलाई चीनको कारखानामा सेक्स डल कसरी तयार हुन्छन् भनेर जानकारी दिँदै छौं ।

चीनको कारखानामा विभिन्न स्टाइल र डिजाइन भएको सेक्स डल तयार गरिन्छ । यस्तै एउटा  WMDOLL  नामको कारखाना छ जुन चीनको ग्वाङ्गडंग प्रान्तमा छ । कम्पनीले बनाएको सेक्स डलको विक्रीमा अहिले निर्यातको ८० प्रतिशत हिस्सेदारी छ । कम्पनीको विक्रीमा करिब आधा हिस्सेदारी अमेरिकाको छ । यो फोटोमा एक कामदारले सेक्स डल तयार गरिरहेका छन् ।

यो फोटोमा WMDOLL कारखानामा एक कामदार डलको फोटो खिचिरहेका छन् । सेक्स डल बनाउने चीनको WMDOLL कारखानामा अहिले दुई सय कामदार छन् ।

WMDOLL कारखानामा एक महिनामा करिब दुई हजार सेक्स डल बनाइन्छ । कारखानमा २ सय ६० वटा अनुहारका विभिन्न डल बनाइन्छ । कारखानामा सबै डल हातले नै बनाइन्छ, यो बनाउन मेसिनको प्रयोग गरिँदैन ।

रोबोट सेक्स डलमा नङ फिट गरिरहेका एक कामदार । एउटा सेक्स डल तयार गर्न कम्तीमा पाँच कर्मचारीले एक अर्कासँग मिलेर काम गर्नुपर्छ ।

सेक्स डल तयार गरेर वेयरहाउसमा राखिन्छ । विदेशी बजारमा गहुँगोरो वर्णको डल सबैभन्दा चर्चित छन् । अनलाइन खरिदकर्ता फोटोको हिसाबले सेक्स डल चयन गर्न सक्छन् ।

WMDOLL कारखानामा पुरुष सेक्स डल पनि तयार गरिन्छ । कम्पनीको कूल उत्पादनमा पुरुष सेक्स डलको हिस्सेदारी करिब १ प्रतिशत छ । यो डललाई पुरुष ग्राहकले नै खरिद गर्छन् ।

यी तीन सेक्स डलको नाम लुसी हो । यसलाई रिमोट कन्ट्रोलले कन्ट्रोल गर्न सकिन्छ ।

आर्टिफिशियल इन्टेलिजेन्सबाट तयार हुने यी डल कुराकानी पनि गर्छन् । तपाईं उनीहरुलाई जे सोध्नुहुन्छ उनीहरुले त्यसको जवाफ दिन्छन् । उनीहरुले तपाईंले सोधेको प्रश्न र कसरी कुरा गर्न चाहनुहुन्छ, त्यो सबै बुझ्छन् । यी डल संसारभरी निकै लोकप्रिय पनि भइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप