भारतद्वारा १४ नेपालीलाई ५.९६ करोड नगदसहित सम्मान

भारतका कार्यवाहक राजदूतले १४ जना नेपालीलाई ५.९६ करोड रुपैयाँ नगदसहित सम्मान गरेका छन् ।
कार्यवाहक राजदूत डा. अजय कुमारले १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका पाँचजना निकटतम नातेदारलाई ५.९६ करोड रुपैयाँ नगद तथा कम्मल वितरण गर्दै सम्मान गरेका छन् ।
भारतीय राजदूतावास, काठमाडौंले आइतबार भारतको ७१ औँ गणतन्त्र दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गर्दै उक्त सम्मान गरेको हो ।
सो अवसरमा राजदूतावासले नेपालका सबै प्रदेशमा रहेका विभिन्न ५१ पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक प्रदान गरेको छ । नेपालको सामाजिक आर्थिक विकासतर्फको यात्रामा नेपालसँग हातेमालो गर्ने भारतको प्रतिबद्धता दोहोर्याउँदै राजदूतावासले नेपालका विभिन्न अस्पताल तथा गैरनाफामूलक परोपकारी संस्थालाई ३० पटा एम्बुलेन्स तथा शैक्षिक संस्थाहरुलाई ६ वटा बस पनि वितरण गरेको छ ।
भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकारी संस्था र शैक्षिक संस्थाहरुलाई ७ सय ८२ एम्बुलेन्स तथा १ सय ५४ बस प्रदान गरेको छ ।
तस्विर : सुवास श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमदानबाटै स्थानीयले गरे सिंचाइ योजना मर्मत
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा