दक्षिण कोरियामा १९७४ एडीको कन्सर्ट, व्याकुल माइलालाई नागरिक अभिनन्दन (फोटोफिचर)
दक्षिण कोरियाको राजधानी सोलमा शनिबार एक भव्य कार्यक्रमको आयोजना गर्दै नागरिक अभिनन्दन समारोह तथा १९७४ एडीको भव्य कन्सर्ट गरिएको छ ।
कोरियाली नागरिकले चाडको रुपमा मनाउने साललाल (नयाँ वर्ष) को अवसरमा ओखलढुङ्गा सेवा समाज दक्षिण कोरियाले नागरिक अभिनन्दन समारोहका साथै उक्त कन्सर्टको आयोजना गरेको हो ।
कार्यक्रममा राष्ट्रिय गानका रचनाकार प्रदिप कुमार राई (व्याकुल माइला) को अभिनन्दन गरिएको हो ।
अभिनन्दनपश्चात् व्याकुल माइलाले आफू राष्ट्रिय गान बज्दा निकै भावुक हुने बताए । कार्यक्रममा बोल्दै उनले भने, ‘मैले राष्ट्रिय गीत लेखेपछि यसरी नै देश–विदेशमा धेरै सम्मानहरु पाएको छु । अत्यन्त इमान्दारिताका साथ भन्नुपर्दा म पनि राष्ट्रिय गान बज्दा धेरै भावुक हुन्छु ।’
उनले थपे, ‘मैले राष्ट्रिय गान लेखेँ भनेर केही अहम अथवा के के नै गरेँ भनेर भ्रम हुँदै हुँदैन । यो राष्ट्रिय गान बज्दा म सहिदहरुलाई सम्झन्छु । देशमा परिवर्तन ल्याउनका लागि, गणतन्त्र ल्याउनका लागि, लोकतन्त्र ल्याउनका लागि, हामी नेपालीहरुले सहादतपूर्ण, बलिदानीपूर्ण आन्दोलन गरेका छौं । ती सम्पूर्णलाई सम्झन्छु । अनि त्यतिखेर म भावविह्वल हुन्छु ।’
स्थानीय समयानुसार बेलुकी पाँच बजे एस २४ लाइभ हलमा सुरु भएको उक्त कार्यक्रममा उल्लेख्य मात्रामा नेपालीको उपस्थिती रह्यो । १९७४ एडी ब्यान्डको प्रस्तुती अघि भोइस अफ नेपाल सिजन टुकी प्रतिस्पर्धी अञ्जु राना मगरले पनि आफ्नो प्रस्तुती दिइन् । अञ्जुले ‘चौबन्दीमा पटुकी’, ‘सधैं सधैं’, ‘प्रिती बस्यो’ लगायतका गीतमा आफ्नो प्रस्तुती दिइन् । कन्सर्ट अबेर रातीसम्म चलेको थियो ।
१९७४ एडी ब्यान्डले ‘रातो र चन्द्र सूर्य’, ‘तिमीलाई पिरतीले बाँधुला’, ‘छुँदैन तिम्रो मायाले’ ‘गुरासैं फूल्यो, बनैमा’ लगायतका गीतहरु प्रस्तुत गरेका थिए ।
दक्षिण कोरियाबाट उज्ज्वल बस्नेतको सहयोगमा ।
तस्बिरः उज्ज्वल बस्नेत, प्रिन्स खड्का ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा