साउदीबाट फर्केको एक हप्तामा पत्नीको हत्या

आफ्नो पत्नीलाई जलाएर हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिरहाको औरही गाउँपालिका ५ औरहीमा शुक्रबार राती खाना पकाउँदै गर्दा २५ वर्षीया अनितादेवी यादवलाई उनको पति विनोद यादवले जलाएर हत्या गरेको माइती पक्षको आरोप छ ।
आगोले जलेर गम्भिर घाइते भएकी अनितादेवीलाई विराटनगर पु¥याइएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । अनितादेवीको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पति विनोद यादवले बायनको क्रममा आफूले नै आगो लगाएको प्रहरी ब्यानको क्रममा स्वीकार गरेको प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठले बताए ।
श्रेष्ठले माइती पक्षले अनितालाई जलाएर हत्या गरेको मौखिक उजुरी गरेपछि विराटनगरबाट पति विनोदलाई नियन्त्रणमा लिइएको थियो ।
औरही गाउँपालिका–१ दरहैयाकी अशोक यादवकी छोरी अनिताको २०६८ सालमा विनोदसँग विवाह भएको थियो ।
वैदेशिक रोजगारीमा गत हप्ता साउदी अरबबाट घर फर्किएका विनोदलाई भाउजुले अनिताको चरित्रको विषयमा कुरा लगाएपछि जलाएर हत्या गरिएको हजुरबुबा सुदीलाल यादवले आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार तेस्रोपटक अभागी बन्यो दिल्ली, मुम्बईलाई दोस्रो उपाधि
-
मधुमेहका बिरामीले भुलेर पनि खान हुँदैन यी ६ कुराहरू
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
यस्तो छ आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बल–बैँस छँदासम्म उनले दिनको उज्यालोमा लेखिनन्