बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रौतहट जिल्ला अदालतको निर्णयमा २५ हजार वर्ष कैद बक्यौता

आइतबार, १२ माघ २०७६, १० : १४
आइतबार, १२ माघ २०७६

रौतहट । जिल्ला अदालत रौतहटद्वारा विभिन्न मुद्दामा कसुर ठहर गरेको फैसलाअनुसार झण्डै २५ हजार वर्ष कैद भुक्तान गर्न बाँकी रहेको देखिएको छ ।

जिल्ला न्यायाधीश बसन्तराज पौडेलले अदालतबाट विभिन्न अपराध र विभिन्न मितिमा  अदालतद्वारा भएको फैसला अनुसार दुई हजार चार सय ९३ वर्ष ११ महिना १६ दिन कैद भुक्तान गर्नु बाँकी रहेको जानकारी दिएका छन् ।

अदालतको निर्णय अनुसार दुई हजार पाँच सय ७७ जनालाई कैद जरिवाना लागेको तथ्याङ्क रहेको छ । 

जिल्ला अदालत गौरले आयोजना गरेको न्यायाधीश र सञ्चारकर्मी बीचको अन्तक्रिया कार्यक्रममा न्यायाधीश पौडेलले उक्त जानकारी दिएका हुन् ।

अदालतको गतिविधी सर्वसाधारणसम्म पु¥याउने उद्देश्यले  आयोजित कार्यक्रममा विभिन्न मुद्दामा अदालतबाट जरिवाना भएको चार करोड़ २६ लाख ८० हजार सात सय नौ रुपैयाँ मध्ये ३६ लाख ७२ हजार नौ सय पाँच रुपैयाँ असुल भएको तथा तीन करोड़ ९० लाख सात हजार आठसय तीन रुपैयाँ असुल गर्नु पर्ने बाकी रहेको छ ।

अदालतको स्थापनाकाल देखि बाँकी रहेको कैद र नगद जरिवाना असुली गर्न प्रहरीलाई पत्राचार गर्दा ६ महिनामा दुई सय २० वर्ष ७ महिना १४ दिन असुल भएको छ ।

कैद र जरिवाना लागेका व्यक्तिलाई पक्राउ गर्न सहयोग गर्नेलाइ २५ प्रतिशतका दरले प्रोत्साहन स्वरुप पुरस्कार दिइने न्यायाधीश पौडेलले जनाएका थिए ।

न्यायाधीश पौडेलले जरिवाना लागेका व्यक्तिहरू गाउँ घरमा लुकीछिपी बसेकोले सर्वसाधारणले पक्राउ गर्न समेत अपील गरे ।

फैसला भएको ६० दिन भित्रमा आफै हाजिर हुन आउनेलाइ २० प्रतिशत छूट दिने कÞानूनी व्यवस्था समेत रहेको बताए । 

जिल्ला न्यायाधीश वसन्तराज पौडेलले जनशक्तिको अभावको कारण जनताको न्याय सम्पादन, प्रशासनिक कार्य प्रभावित भइरहेको बताउदै दरवन्दी अनुसारको जिल्ला न्यायाधीश र कर्मचारी नहुँदा कामकाजमा असर परिरहेको जनाएका थिए । 

उनले जिल्ला अदालतमा ७ जना जिल्ला न्यायाधीश हुनुपर्नेमा ५ जनाले कार्य गर्नुपर्ने बाध्यता रहेको जनाउँदै दक्ष कानुनको अनुभवी कर्मचारीको पदपूर्ति हुन नसक्दा फैसला कार्यान्वयन, मुद्दाको कार्यवाही प्रक्रियामा बाधा उत्पन्न भइरहेकोले समयमा लक्ष्य अनुसार मुद्दा फैसला हुन नसकेको गुनासो व्यक्त गरे ।

जिल्ला अदालतमा गत आर्थिक वर्षको दुईहजार चार सय ३७ र यस आवको पूस मासांत सम्म नया दर्ता भएको एक हजार दुई सय ८५ गरी तीनहजार २२ मुदा मध्ये पुस मसान्तसम्म एक हजार तीन सय १५ वटा मुद्दा अर्थात् ३३ दशमलव ३३ प्रतिशत फर्छ्यौट भएको जानकारी गराइएको छ ।

पुस महिनासम्म एकहजार पाँचसय २४ मुद्दा फर्छ्यौट गर्नु पर्ने वार्षिक लक्ष्य भएपनि २०९ वटा मुद्दा कमी भएको बताए । यस  आवको पुस महिनासम्ममा एकहजार दुईसय ८५ मुद्दा दर्ता भएको छ ।

अन्तक्रिया कार्यक्रममा जिल्ला न्यायाधीश चाणक्यमानी अर्याल, केशव कुमार पाण्डेय, उमानाथ गौतम, श्रेस्तेदार गुनराज पराजुली र तहसीलदार सुरज तिमिल्सिनाले सञ्चारकर्मीहरुको जिज्ञासाबारे बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप