गैरआवासीय नेपाली संघद्वारा दुई हजार छ सय बाढीपीडितहरुलाई राहत वितरण
काठमाडौँ । गैर आवासीय नेपाली संघले सप्तरीमा बाढीपीडितहरुलाई राहत वितरण जारी रहेको जनाएको छ । संघले हालसम्म दुई हजार छ सय घरधुरीलाई राहत वितरण गरिसकेको जनाएको छ ।
संघले शुक्रबार सप्तरीको कोबसाईमा राहत बितरण गरिरहेको जानकारी गराएको छ । कोबसाइका बाढी प्रभावित आठ सय ५० घरपरिवारलाई राहत वितरण गरिने संघका अध्यक्षका पिए शुरेश चित्रकारले जानकारी गराए ।
मंगलबारदेखि शुरु गरिएको राहत बितरण शनिबार सकिने चित्रकारले जानकारी गराए । चार हजार थप परिवारलाई राहत बितरण गरिने संघले जानकारी गराएको छ । सरकारसंगको समन्वयमा संघले राहत बितरण गरिरहेको छ ।
एनआरएनको टोलीद्धारा सप्तरीमा सर्वाधिक प्रभावित तिलाठीमा बिहिबार राहत बितरण गरिएको थियो । राहत टोलीले मंगलबार बोदेबर्साइ र तिरहुतमा राहत बितरण गरेको थियो । संघले प्रतिपरिवार २५ किलो चामल एउटा त्रिपाल, झुल, दुई किलो दाल, नुन, चिनी र तिन लिटर तेल प्रभावितलाई बितरण गरेको छ ।
श्रावणको अन्त्यतिर आएको भारी बर्षाका पिडितहरुलाई तत्काल राहत बितरण गर्न संघले आपतकालिन राहत कोष स्थापना गरेको थियो । कोषमा दुई करोड रुपयां संकलन गर्ने संघको लक्ष्य थियो । एक करोड रुपयां भन्दा बढिको राहत सामाग्री प्याकेज बितरण गरिसकिएको चित्रकारले जानकारी गराए ।
राहत बितरणका लागि संघका अध्यक्ष शेष घले, उनकी पत्नी साथै उपाध्यक्ष कुमार पन्त प्रभावित क्षेत्रमा खटिरहेका छन् ।
।