श्रीमानसँग रोमान्टिक तस्बिर पोष्ट गर्दा टिभी स्टार किम कार्दाशियनविरुद्ध मुद्दा दर्ता
आफ्ना श्रीमानसँग रोमान्टिक तस्बिर पोष्ट गरेका कारण किम कार्दासियनले कानूनी झमेला झेल्नुपरेको छ । किमविरुद्ध अन्तर्राष्ट्रिय फोटोग्राफर सईद बोल्डनले मुद्दा दर्ता गरेका छन् । इन्स्टामा टिभी स्टारको यो पोष्टले २२ लाख बढी लाइक्स पाइसकेको छ ।
अंग्रेजी वेबसाइट टीएमजेडका अनुसार यो कपल फोटो सईदले खिचेका थिए र उक्त फोटो सन् २०१८ अक्टोबरमा एल्बम रिलिज पार्टीमा खिचिएको थियो ।
व्यावसायिक फोटोग्राफर सायिद बोल्डनले किमले उनको फोटो उनको अनुमती बिना नै इन्स्टाग्राम अकाउन्टमा सेयर गरेको आरोप लगाएका छन् ।
उनले दर्ता गरेको मुद्दामा भनिएको छ, ‘मैले कहिले पनि टिभी स्टारलाई यो फोटो उनको सोसल मिडिया अकाउन्टमा सेयर गर्ने अनुमती दिएको थिइनँ न नै उनले यो सेयर गर्नका लागि मलाई पैसा तिरेकी छिन् ।’
यद्यपि, बोल्डनले आफूले दर्ता गरेको मुद्दाबारे केही विस्तृत जानकारी भने दिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन: प्रधानन्यायाधीश श्रेष्ठ
-
सङ्घीयता प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न निर्देशन
-
चीनले अस्ट्रेलियन वाइनमा लगाएको अतिरिक्त शुल्क हटायो
-
तलब खुवाउन विद्यार्थीबाट ११ लाख उठाएर हिनामिना, अख्तियारले चलायो मुद्दा
-
‘निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन्’
-
पाल्पामा युवतीको हत्या, एक युवक पक्राउ