केन्द्रीय संस्करण
विश्व कुष्ठरोग दिवस

‘कुष्ठरोगका किटाणु उपचारपछि पूर्णरूपमा नष्ट पार्न सकिन्छ’

डाक्टर उत्तम घिमिरे, कुष्ठरोग नियन्त्रण केन्द्र, स्वास्थ्य सेवा विभाग

person explore access_timeमाघ १२, २०७६ chat_bubble_outline0
माया श्रेष्ठ

रातोपाटी

आज विश्व कुष्ठरोग दिवस । जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवसलाई विश्वव्यापी रूपमा मनाउने चलन छ । ‘कुष्ठरोग विरुद्ध हाम्रो अभियान, भेदभावको अन्त्य, मानव अधिकारको सम्मान’ भन्ने सन्देशसहित नेपालमा पनि यो दिवस मनाइँदैछ । कुष्ठरोग के हो, यो रोग लागेको कसरी थाहा पाउने, लाग्न नदिन र लागिसकेपछि बिरामीसँग घुलमिल हुने आफन्त र स्वयं बिरामीले कसरी सावधानी अपनाउन सकिन्छ भनेर स्वास्थ्य सेवा विभागअन्तर्गत अपाङ्ग तथा कुष्ठरोग नियन्त्रण केन्द्रका प्रमुख डाक्टर उत्तम घिमिरेसँग गरिएको कुराकानी :

कुष्ठरोग के हो ? यसका लक्षण के–के हुन् ?

कुष्ठरोग माइक्रो ब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने रोग हो । यो एक प्रकारको कम सर्ने रोग हो । कुष्ठरोगका किटाणु विस्तारै फैलिन्छ । कुष्ठरोग सर्ने अवधि २ देखि ५ वर्षको हुन्छ । यो रोग किटाणुले मुख्य रूपमा छाला र स्नायुमा असर गर्छ । यस्तै किटाणुले खासगरी हात, खुट्टाका औँलाको टुप्पामा आक्रमण गर्छ । त्यसबाहेक यसले नाकको भित्री भित्ता तथा माथिल्लो श्वासनलीमा सङ्क्रमण गर्छ ।

किटाणुले सङ्क्रमण गरेपछि छालामा रातो, फुस्रो दागहरू देखा परे पनि चिलाउँदैन । झमझमाउँदा, छुँदा, चिमोट्दा थाहा नहुने, बाहिरी सतहका स्नायु सुन्निनु, हात, खुट्टामा नदुख्ने घाउहरु देखापर्नु, आगोले पोल्दासमेत थाहा नहुन कुष्ठरोगका लक्षण हुन् । यस्तै योे रोग लागेपछि कानका लोती बाक्लो हुने, नसा दुख्ने, हातखुट्टा झमझम गर्ने लक्षण देखापर्छ । प्रायः १० देखि १४ वर्ष उमेर समूहका बालबालिकामा यो रोगका लक्षण देखा पर्न सक्छन् ।

कुष्ठरोग कसरी सर्छ ?

उपचार नगरेका कुष्ठरोगीसँग लामो समय हप्तामा २० घण्टाभन्दा बढी समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यमबाट रोग सर्न सक्छ । रोगीको नाक तथा मुखबाट निस्किएका सिँगान, -यालको माध्यमबाट यो रोग सर्छ भन्ने विश्वास गरिन्छ । अनि सङ्क्रमणले बढी गाँजेका रोगीको फाटेका छालाबाट निस्केको पानी सम्पर्कमा आउँदा पनि यो रोग सर्ने सम्भावना हुन्छ । माइक्रो ब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणु कम तापक्रममा धेरै दिनसम्म पनि बाँच्न सक्छ । कुष्ठरोगजस्तै देखिने अरू रोग दाद, दिनाइ, दुबी, जन्मजात दाग, छालाको क्षयरोग आदिले पनि कुष्ठरोगका जस्तै लक्षण देखाउन सक्छन् ।


यस रोगका किटाणुले बाहिरी सतहका स्नायुमा असर गर्छ । जसले गर्दा स्नायुको कार्यक्षमतामा ह्रास आउँछ । हात, खुट्टामा छुँदा थाहा नहुने, केही वस्तुले घाउ, चोटपटक लाग्दासमेत थाहा नहुने हुन्छ । त्यसमा विभिन्न किसिमका सङ्क्रमण हुँदा समयमा उपचार गरिएन भने पक्षघात समेत हुन्छ ।


कुष्ठरोग लाग्यो भने शरीरमा कस्ता कस्ता असर देखापर्छन् ?   

यस रोगका किटाणुले बाहिरी सतहका स्नायुमा असर गर्छ । जसले गर्दा स्नायुको कार्यक्षमतामा ह्रास आउँछ । हात, खुट्टामा छुँदा थाहा नहुने, केही वस्तुले घाउ, चोटपटक लाग्दासमेत थाहा नहुने हुन्छ । त्यसमा विभिन्न किसिमका सङ्क्रमण हुँदा समयमा उपचार गरिएन भने पक्षघात समेत हुन्छ ।

 बिस्तारै हात, खुट्टाका औँलाहरु बाङ्गिने, टेढो भएर कठापन समेत आउने गर्छ । किटाणुले अनुहारमा स्नायु पारेका छ भने आँखामा सङ्क्रमण भई ढकनी बन्द गर्न नमिल्ने भई आँखा नदेख्ने समेत हुन सक्छ । कुष्ठरोगको समयमा उपचार भएन भने अन्य रोगले जसरी नै शरीरको विभिन्न अङ्गमा समस्या पार्न सक्छ । कुष्ठरोग लागेको मान्छेलाई रोगका कारणले पनि ‘रियाक्सन’ हुन सक्छ भने औषधिले पनि ‘रियाक्सन’ हुन सक्छ । ‘रियाक्सन’लाई टाइप वान र टाइप टु गरेर दुई भागमा वर्गीकरण गरिएको छ ।


रोगका दृष्टिकोणले कुष्ठरोगलाई दुई प्रकारमा विभाजन गर्न सकिन्छ । पहिलो कम किटाणु भएको ‘प्यासी ब्यासेलरी’ र बढी किटाणु भएको ‘मल्टी ब्यासिलटी’ गरी दुई प्रकारका छन् । नेपालमा पीबीभन्दा पनि एमबीको कुष्ठरोगी धेरै छन् । रोग दुई किसिमको भएजस्तै उपचार पनि दुई किसिमकै हुन्छ । बहुऔषधि उपचार विधिबाट गरिन्छ । बहुऔषधि उपचार विधि भनेको यसमा ‘प्यासी ब्यासेलरी’ कुष्ठरोगीले ६ पत्ता अर्थात ६ महिनासम्म औषधि खानुपर्छ ।


कुष्ठरोगीहरुले औषधि प्रयोग गर्दा पनि विभिन्न खालका असर देखापर्न सक्छन् । औषधिले सामान्य खालका असर गर्छन् । तर गम्भीर असर पुर्‍याउने सम्भावना न्यून हुन्छ । जस्तै; रातो पिसाब आउनु, शरीरमा रगतको कमी हुनु, शरीरको छाला खैरो हुन सक्छ । समयमै उपचार गरिएन भने अपाङ्ग हुने, पुरुषहरूको यौन क्षमता घट्नु,  महिलाहरूमा बाँझोपन हुनु, मिर्गौलामा समस्या देखापर्नु, आँखाका नसा बिग्रनु र समयमै उपचार गरिएन भने अन्धोसमेत हुने अवस्था सिर्जना हुन सक्छ ।

कुष्ठरोग कति प्रकारको हुन्छ ? यसको उपचार के हो ? यसको औषधि कहाँ पाइन्छ ?

रोगका दृष्टिकोणले कुष्ठरोगलाई दुई प्रकारमा विभाजन गर्न सकिन्छ । पहिलो कम किटाणु भएको ‘प्यासी ब्यासेलरी’ र बढी किटाणु भएको ‘मल्टी ब्यासिलटी’ गरी दुई प्रकारका छन् । नेपालमा पीबीभन्दा पनि एमबीको कुष्ठरोगी धेरै छन् । रोग दुई किसिमको भएजस्तै उपचार पनि दुई किसिमकै हुन्छ । बहुऔषधि उपचार विधिबाट गरिन्छ । बहुऔषधि उपचार विधि भनेको यसमा ‘प्यासी ब्यासेलरी’ कुष्ठरोगीले ६ पत्ता अर्थात ६ महिनासम्म औषधि खानुपर्छ ।


हातखुट्टा चिसो पानीमा भिजाएर नरम बनाएर धारिलो चुच्चो नभएको वस्तुले खुर्कन पनि सकिन्छ । आँखामा समस्या आएका रोगीले राति निदाउँदा सफा कपडाले आँखा ढाकेर निदाउनुपर्छ । दिउँसोमा घाममा हिँड्दा कालो चस्माको प्रयोग गर्न भुल्न हुँदैन । औषधिको सेवन गर्दा साधारण या गम्भीर असर देखापरेमा स्वास्थ्यकर्मीसँग सल्लाह गर्नुपर्छ ।


‘मल्टी ब्यासिलटी’ कुष्ठरोगीले १२ पत्ता अर्थात १२ महिना औषधि खानुपर्ने हुन्छ । समयमै उपचार गरेर औषधि सेवन गरेमा कुष्ठरोग पूर्णरूपमा निको हुन्छ । कुष्ठरोगको औषधि सरकारी अस्पताल, प्रेषण केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा कुष्ठरोगको औषधि निःशुल्क पाइन्छ । जुनसुकै कुष्ठरोग उपचारपछि किटाणु पूर्णरूपमा नष्ट पार्न सकिन्छ । कुष्ठरोग सर्ने रोग हो ।

तर यो रोगसँग लड्न सक्ने क्षमता भएको व्यक्तिलाई सर्ने सम्भावना एकदमै कम अर्थात १ प्रतिशत हुन्छ । अन्य सरुवा रोगको तुलनामा निकै कम सर्ने रोग हो । हात मिलाउँदा, सँगै बस्दा आजको भोलि नै सर्ने रोग भने होइन । शरीरमा रोगसँग लड्ने क्षमता बलियो छ भने कुष्ठरोग सर्ने सम्भावना एकदमै कम हुन्छ । कुष्ठरोग सर्ने प्रमुख माध्ययम भनेको श्वासप्रश्वास हो ।

कुष्ठरोगीले कस्तो खालको सावधानी अपनाउनुपर्छ ?

यो रोग लागेका बिरामीले किला नठोकेका नरम खालका जुत्ता लगाउन पर्छ । खुट्टामा चेतनाशक्ति कम हुने हुँदा लामो समयसम्म उभिन हुँदैन । हातखुट्टामा चेतनाशक्ति कम हुने भएकाले आगो, चोटपटक लाग्नबाट बचाउनपर्छ । हातखुट्टाले चाल नै पाउँदैन भन्दैमा बेवास्ता गर्नु हुँदैन । यस्तै हात खुट्टा सुख्खा भएको समयमा चिसो पानीमा छालालाई भिजाएर तल लगाएर नरम पनि बनाउन सकिन्छ ।

हातखुट्टा चिसो पानीमा भिजाएर नरम बनाएर धारिलो चुच्चो नभएको वस्तुले खुर्कन पनि सकिन्छ । आँखामा समस्या आएका रोगीले राति निदाउँदा सफा कपडाले आँखा ढाकेर निदाउनुपर्छ । दिउँसोमा घाममा हिँड्दा कालो चस्माको प्रयोग गर्न भुल्न हुँदैन । औषधिको सेवन गर्दा साधारण या गम्भीर असर देखापरेमा स्वास्थ्यकर्मीसँग सल्लाह गर्नुपर्छ ।

परिवारमा केही एकजनामा कुष्ठरोग देखियो भने अरू सदस्यले जाँच गराउन आवश्यक पर्छ ?

कुष्ठरोग सार्न सक्ने तर कम सर्ने रोग हो । कुष्ठरोग लागेको बिरामीको परिवारको अन्य सदस्यलाई सरेको हुन सक्ने सम्भावना भएकाले उक्त व्यक्तिको परिवार तथा सँगै बस्ने अरू सदस्यलाई पनि कुष्ठरोगको जाँच गराउनुपर्छ । यो रोग वंशाणुगत रोग भने होइन । उपचार नगरेको बिरामीसँग धेरै समय बस्दा श्वासप्रश्वासबाट सर्न सक्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...