बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भ्यालेन्सियासँग हा-यो बार्सिलोना

आइतबार, १२ माघ २०७६, ०८ : १९
आइतबार, १२ माघ २०७६

क्वीके सेटियनले बार्सिलोनाको प्रशिक्षकको रुपमा पहिलो पराजय बेहोरेका छन् । बार्सिलोना भ्यालेन्सियासँग २–० गोलअन्तरले पराजित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएपछि दोस्रो हाफको शुरुवातमा म्याक्सी गोमेजको शक्तिशाली प्रहार जोर्डी अल्बालाई लाग्दै जाली चुम्यो ।

यसअघि पहिलो हाफमा पेनाल्टीबाट गोल गर्न चुकेका गोमेजले ७७ औँ मिनेटमा दोस्रो गोल गर्दै जीत सुनिश्चित गरे ।

खेलको शुरुवात अघि दुई क्लबका समर्थक मेस्टेला स्टेडियम बाहिर भिडेका थिए ।

सेटियनको नेतृत्वमा बार्सिलोनाले राम्रो शुरुवात गरेको थियो । ला लिगामा बार्साले ग्रानाडालाई हराएको थियो भने कोपा डेलमा यूडी इबिजालाई पराजित गरेको थियो ।

पराजयपछि बार्सिलोनाको २१ खेलबाट ४३ अंक रहेको छ । आइतबार रियल भालाडोलिडलाई पराजित गरे रियल म्याड्रिडले तीन अंकको अग्रता बनाउनेछ ।

भ्यालेन्सियाले बार्सालाई आफ्नो घरेलु मैदानमा हराएको सन् २००७ पछि पहिलो पटक हो । जीतपछि भ्यालेन्सिया ३४ अंक बटुल्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ ।

शनिबार भएको अन्य खेलमा सेभियाले ग्रानाडालाई २–० ले पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै, भिल्लेरियालले आलाभेसलाई २–१ ले पराजित गर्यो भने एस्पानियोल र एथ्लेटिक बिल्बाओले १–१ को बराबरी खेले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप