शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फेसन सेन्सका कारण ट्रोल भए रणवीर सिंहः सोधियो, ‘दीपिकाको कपडा लगायौ ?’

आइतबार, १२ माघ २०७६, ०८ : ०९
आइतबार, १२ माघ २०७६

रणवीर सिंह आफ्नो अचम्मको फेशन सेन्सका लागि परिचित छन् । हालै रणवीरले आफ्नो इन्स्टाग्राम अकाउन्टमा केही तस्बिर पोष्ट गरेका छन् जसमा उनले पोल्का डट ब्ल्याक शर्ट, मल्टीकलर्ड ट्राउजर, गगल्स र शर्टसँग म्याचिङ पोल्का डट क्याप लगाएको देखिएका छन् ।

उनको यो तस्बिर सार्वजनिक हुने बित्तिकै सोसल मिडिया प्रयोगकर्ताले उनलाई ट्रोल गर्न सुरु गरे । केही प्रयोगकर्ताले रणवीरलाई दीपिकाको कवडा लगाएको हो भनेर प्रश्न सोधे भने कतिले उनको फेसन सेन्स पटक्कै मन नपरेको भनी कमेन्ट गरे । एकजना प्रयोगकर्ताले लेखे, ‘यो के गर्‍यौ ?’

सेलिब्रिटीले गरे तारिफः

रणबीरको लुक उनका प्रशंसकलाई त मन परेन तर उनका सेलिब्रिटी साथीहरुले भने उनको हिम्मतको मज्जाले तारिफ गरे । सोनू सूदले लेखे, ‘जीवनमा स्ट्राइप्स र डट्स नै महत्वपूर्ण हुन्छन्, भिन्न देखिन हिम्मत चाहिन्छ । ’

सेलिब्रिटी स्टाइलिस्ट नीरु रंधावाले लेखे, ‘मैले इमान्दारीतापूर्वक भन्ने हो भने यो आउटफिट निकै फेमिनिन छ तर तपाईं र तपाईंको कन्फिडेन्सको के कुरा गर्नु !’

राकेश ओम प्रकाश मेहराले लेखे, ‘वास्तविक रकस्टार !’

चर्चित कमेडियन गौरव गेराले लेखे, ‘के हो यो ? आशा पारेख जीले एउटा फिल्ममा लगाउनुभएको थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप