आत्महत्याको खबर यी नायिकामाथि पर्यो भारी: श्रद्धाञ्जली दिनेहरुलाई भनिन्, ‘म अझैं जिउँदो छु’

‘दिल तो ह्याप्पी हे जी’ बाट चर्चामा आएकी टिभी नायिका सेजल शर्माले शुक्रबार आफ्नो निवासमा आत्महत्या गरेकी छिन् । उनको शव पंखामा पछ्यौरामा झुण्डिरहेको अवस्थामा भेटिएको थियो । मूल रुपमा उदयपुरकी सेजल आफ्नो आमा–बुवाको इच्छा विपरित सन् २०१७ मा मुम्बई आएकी थिइन् । सुसाइड नोटमा उनले आत्महत्याको कारण डिप्रेशन बताएकी छिन् ।
उनको मृत्युको खबर सुन्ने बित्तिकै प्रशंसक दुखी भए र इन्स्टाग्राममा उनको नामले बनेको अकाउन्टमा कमेन्ट गर्न थाले । यो क्रममा धेरै प्रशंसकले यसै नामसँग मिल्दोजुल्दो अर्की नायिका सेजल शर्मालाई श्रद्धाञ्जली दिन सुरु गरे जसका कारण ती नायिकाले सोसल मिडियामा स्पष्टिकरण दिनुपर्यो ।
सेजल शर्मालाई श्रद्धाञ्जली दिन थाले प्रशंसकः
सेजलले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखिन्, ‘हेलो, म आफ्ना सबै साथी र प्रशंसकलाई आफू जिउँदो भएको जानकारी दिन चाहन्छु । म नायिका सेजल शर्माको आत्महत्याको खबर सुनेर स्तब्ध र दुखी भएकी छु । म सबैलाई यो आग्रह गर्न चाहन्छु कि यदि तपाईं जीवनमा दुःखी र डिप्रस्ड हुनुहुन्छ भने कृपया मृत्युलाई अँगालो नहाल्नुहोस् । आत्महत्या कुनै पनि समस्याको हल होइन । मिडियाले मेरो तस्बिर प्रयोग गरेकोमा पनि रुष्ट छु । उनीहरुले यस्तो गर्दा मेरा आफन्तबीच निकै कोकोहोलो मच्चिएको थियो ।’
सेजलले केही पंजाबी र बलिउड फिल्ममा काम गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा
-
प्रेस चौतारी बागमती प्रदेश अध्यक्षमा रिमाल
-
युनिटी जर्नलको छैटौँ संस्करण विमोचन
-
घले नेतृत्वको उच्चस्तरीय समितिद्वारा एनआरएनलाई पत्र