शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसको प्रभावः स्वदेश तथा विदेशमा सामुहिक यात्रामा ननिस्कन चीनको निर्देशन

शनिबार, ११ माघ २०७६, २२ : २८
शनिबार, ११ माघ २०७६

एजेन्सी । स्वदेश तथा विदेशमा सामुहिक यात्रा रोक्न चीनले आफ्ना नागरिकलाई निर्देशन गर्न लागेको चिनियाँ समाचारमाध्यमले जनाएका छन् ।  चिनियाँ समाचार संस्था सीसीटीभीले जनाएअनुसार सरकारले आगामी सोमबार देखि लागू हुनेगरी स्वदेश तथा विदेश यात्रामा निस्कन रोक लगाउने तयारी गरेको छ ।

कोरोना भाइरसका कारण ज्वरो आउने तथा श्वासप्रश्वासमा जटिल समस्या देखिने नयाँ रोगको प्रतिरोध गरिरहेको चीनले रोगलाई फैलिन नदिन यो नीति अवलम्बन गर्न लागेको बताइएको छ । 

कोरोना भाइसरका कारण चीनमा कम्तीमा एक हजार ३०० व्यक्तिले उपचार सेवा लिइरहेको चीनले बताएको छ । यद्यपि यो सङ्ख्या चीनले भनेकोभन्दा निकै धेरै हुनसक्ने विश्व स्वास्थ्य संगठन लगायत स्वास्थ्य सेवामा कार्यरत अन्तर्राट्रिय संघसंस्थाले अनुमान गरेका छन् ।

चीनमा कोरोना भाइरसको प्रकोप बढिरहेका समय चीनले अति आवश्यक अवस्थामा बाहेक आन्तरिक यात्रामा ननिस्कन शुक्रबारदेखि नै निर्देशन गरेको छ । सरकारले नयाँ वर्षको अवसरमा गरिने ठूला भोज तथा फजुल सामुहिक सभा सम्मेलनका कार्यक्रम नगर्न आग्रह गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप