भारत र ब्राजिलबीच १५ बुँदे सम्झौतापत्रमा हस्ताक्षर

एजेन्सी । भारत र ब्राजिलले साइबर सुरक्षा, जीवविज्ञान तथा स्वास्थ्य र औषधिलगायतका विभिन्न क्षेत्रलाई समेट्ने गरी १५ बुँदे सम्झौतापत्रमा शनिबार हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ब्राजिलका राष्ट्रपति जाइर मेसियस बोल्सोनारोबीच भएको द्विपक्षीय वार्तापछि ती दुई मुलुकले साइबरसुरक्षा, जीवविज्ञान र स्वास्थ्य र औषधिलगायतका क्षेत्रमा सहकार्यका लागि सम्झौता भएको हो ।
दुई मुलुकबीच जैविक ऊर्जा तथा लगानी, सुविधासम्बन्धी सहयोग, स्वास्थ्य तथा चिकित्सा र सांस्कृतिक आदानप्रदानका लागि भएको कार्यक्रम सम्झौता सन् २०२० देखि सन् २०२४ सम्मका मान्य हुनेछ । ब्राजिल र भारतबीच सामाजिक सुरक्षा, साइबर सुरक्षा, वैज्ञानिक तथा प्रविधि सहकार्य, भूगोल तथा खनिज स्रोतबारे ज्ञानलाई आपसी हितका लागि आदानप्रदान गरिनेलगायतका विषय पनि सम्झौतामा उल्लेख छन् ।
दुबै पक्षले आपराधिक गतिविधिमानियन्त्रणका लागि कानूनी सहयोग गर्ने, तेल र प्राकृतिक ग्यासको क्षेत्रमा सहयोग गर्ने, पारम्परिक चिकित्सा प्रणाली र होमियोप्याथीको क्षेत्रमा सहयोग गर्ने सहमति भएको सम्झौताबारे संयुक्त घोषणामा उल्लेख गरिएको छ ।
भारत भ्रमणमा रहेका ब्राजिलियाली राष्ट्रपति बोल्सानारो र भारतीय विदेश मन्त्री एस जयशंकरबीच पनि यस अघि शुक्रबार भेटवार्ता भएको थियो । भेटपछि विदेशमन्त्री जयशंकरले ट्वीटमा लेखेका छन्,,‘ब्राजिलका राष्ट्रपति बोल्सानारोलाई गणतन्त्र दिवस २०२० का अवसरमा प्रमुख पाहुनाका रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको छ । उहाँको भ्रमणले हाम्रो द्विपक्षीय सहयोगका लागि नयाँ अवसरहरू खुला गर्नेछ । योे विश्वव्यापी सन्तुलनको सङ्केत पनि हो ।’ Photo: narendra modi twitter
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ नागरिक रुसको तर्फबाट लडिरहेको जेलेन्स्कीको दाबी, पक्राउ परेका दुई सैनिकको भिडियो जारी
-
प्रदूषण केही कम भए पनि काठमाडौँ शीर्ष स्थानमा कायमै
-
‘द महावीर’ निर्माण गर्दै सङ्गीतकार अधिकारी
-
लुम्बिनी प्रदेश : वनमा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउन निर्देशन जारी
-
स्वास्थ्य मन्त्रालयद्वारा ५३ लाख बेरुजू असुल, १३ करोड ८५ लाख फर्छ्यौट
-
विश्व अर्थतन्त्रमा अब ‘चमत्कारिक वृद्धि’ को युग सकियो