शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वेस्ट इन्डिजका स्मिथले इपीएल खेल्ने

शनिबार, ११ माघ २०७६, २२ : ०४
शनिबार, ११ माघ २०७६

काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर ड्वेन स्मिथले नेपालको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । स्मिथले शरद भेषवाकर कप्तान रहेको भैरहवा ग्याडियटर्सबाट इपिएल खेल्ने निश्चित भएको भैरहवाले शनिबार प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ । ३६ वर्षीय स्मिथलाई भैरहवाले आइकनिक खेलाडीको रुपमा अनुबन्ध गरेको हो । उनको पारिश्रम भने खुलाईएको छैन ।

स्मिथले पनि आफुले इपिएलमा भैरहवाबाट खेल्न लागेको सामाजिक सञ्चालमार्फत सार्वजनिक गरेका छन् । चौंथो संस्करणको इपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौंमा हुनेछ । भैरहवाले यसअघिनै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुवुदु दासानायकेलाई प्रशिक्षकमा नियुक्त गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप