बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शहीद स्मारक लिग : सङ्कटा विजयी, न्यूरोड र आर्मीबीचको खेल बराबरी

शनिबार, ११ माघ २०७६, २१ : १२
शनिबार, ११ माघ २०७६

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आजको पहिलो खेलमा न्यूरोड टिम र त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेलेका छन् । दोस्रो खेलमा सङ्कटा क्लब, फ्रेन्डस् क्लबसित विजयी भएको छ । 

दशरथ रङ्गशालामा भएको पहिलो खेलमा न्यूरोड र आर्मीले निर्धारित समयमा गोल गर्न सकेनन् । आठौँं चरणको खेल सकिँदासम्म आजको खेलबाट दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । यसअघिका खेलमा जस्तो प्रदर्शन गर्न नसक्दा आर्मी जितबाट बञ्चित भएको हो । आर्मी आठ खेलबाट १७ अङ्कसहित लिगको पहिलो स्थानमा कायमै छ । न्यूरोड १२ अङ्कका साथ पाँचौँ स्थानमा छ । 

दोस्रो खेलमा सङ्कटाले फ्रेन्ड्स क्लबलाई १–० गोलले पराजित गरेको हो । दशरथ रङ्गशालामा भएको उक्त खेलमा सङ्कटाका लागि खेलको ६४औँ मिनेटमा मार्टिन्सले हेडमार्फत गोल गरे ।

पहिलो हाफमा दुवै टोलीबाट गोल हुने सकेन । दोस्रो हाफमा सङ्कटा र फ्रेन्डस्ले दबाबपूर्ण खेल खेलेका थिए । सो खेलमा सङ्कटाका लक्ष्मण रुचाल म्यान अफ दि म्याच घोषित भए । जितसँगै सङ्कटा १२ अङ्कसहित लिगको सातौँ स्थानमा तथा फ्रेन्ड्स आठ अङ्कका साथ ११औँ स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप