शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीलाई जलाएको आरोपमा पक्राउ

शनिबार, ११ माघ २०७६, २० : २४
शनिबार, ११ माघ २०७६

सिरहाको औरही गाउँपालिका ५ औरही नवटोलीमा आगोले जलेर एक महिला गम्भीर  घाइते भएकी छन् शुक्रवार राति ७ बजे घरमा खाना पखाइरहेको बेला स्थानीय विनोद यादवकी श्रीमती २७ वर्षयी अनिता कुमारी यादव एक्कासी शरीरमा आगो लागेर घाइते भएको भनिएको घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ । 

आगलागीबाट गम्भीर घाइते अनितालाई उनकै पती बिनोदले उपचारको लागि विराटनगर लगेको प्रहरीले जनाएको छ । अनिताको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि काठमाडौें लगेको बताइएको छ । आशाको उपचारमा आमा, बुवा र उनको देउरानी रहेको जनाएको छ ।

घटना संस्कास्पद भएकोले अनिताका श्रीमानलाई मोरङ प्रहरीले नियन्त्रणमा लिई सिरहा ल्याउने प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । स्थानीयले घटना भएको घरमा मट्टितेलको बोतल भेटिएकोले घटना शंकास्पद भएको बताएको छ । वैदेशिक रोजगारीबाट करिव ३ महिना अघिमात्र आएका विनोद र अनिताको पछिल्लो केही दिनदेखि सम्बन्ध राम्रो नगरहेको स्थानीयको भनाइ छ । 

प्रहरीले रातिको खाना पकाइरहेको बेला एक्कासी शरीरमा आगो लागेर बाहिर निस्केपछि घरका सवैले जानकारी पाएको भन्ने बुझिए पनि थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप