प्रदेश २ मा बढ्दो सवारी दुर्घटना : दुई सयबढीको मृत्यु, सयौँ घाइते
रौतहट । मानवीय कमजोरीको कारण प्रदेश २ मा अन्य प्रेदशको तुलनामा सवारी दुर्घटना बढ्दै गएको छ ।यस आर्थिक वर्षको साउददेखि पुसमहिनाभित्र विभिन्न जिल्लामा भएको पाँच सय २७ सवारी दुर्घटनामा परेर दुई सय ४१ जनाको मृत्यु भएको छ ।
प्रदेश २ का ट्राफिक प्रहरी प्रमुख एसपी श्यामकुमार महतो आज रौतहटको सञ्चारकर्मीसँग कुरा गर्दै सवारी दुर्घटनामा परेर सात सय ८८ जना गम्भीर घाइते भएको जानकारी दिए ।
दुर्घटनामा हुने सबैभन्दा बढी ट्रक, ट्याक्टर र मोटरसाइकल रहेको एसपी महतोले बताए ।
६ महिनाभित्र दुई सय ५४ चालकको लापरवाही, दुई सय दुई तीब्र गति, १६ ओभरलोड, १२ मापसे, चार ओभरलोड, आठ यात्रुको गलती, १६ यान्त्रिक गडबडी, १० सडकको अवस्था, चार मौसमको कारण र एक चौपायाको कारण दुर्घटना भएको तथ्यांकमा उल्लेख छ ।
तीब्र गतिमा चलाउने मोटरसाइकल चालकले हेल्मेट प्रयोग नगर्ने, ट्रक र ट्याक्टर पनि तीब्र गतिका कारण अत्यधिक दुर्घटना हुने र दुर्घटनामा परेर मृत्यु हुने तथा गम्भीर प्रकृतीको घाइते हुन गरेको उनको भनाइ छ ।
त्यसैगरी ट्याक्टरको पछाडि नम्बर प्लेट नहुनु, हाल दिनभरी हुसुलाग्नु, लागुपदार्थ शेवन, सवारी अनुमतीपत्र नहुनु, जनचेतनाको अभाव पनि दुर्घटनाको अर्को कारण रहेको एसपी महतो बताए ।
जनशक्ती कमीको कारण प्रदेश २ मा १३ हजार व्यक्तीलाई एक जना ट्राफिक प्रहरीले उठाउनुपर्ने र एकजना ट्राफिक प्रहरीको भागमा १२ किलोमिटर सडकको जिम्मा रहेको बताए ।
प्रदेश २ का ट्राफिक प्रहरी प्रमुखको रुपमा बारा पथ्ल्रया स्थित कार्यालयमा गत १४ गते आफु हाजिर भएपछी ट्राफिक गतिबिधीमा निकै सुधार भएको एसपी महतोले बताए ।
प्रदेश २ मा ट्राफिक नियम बिपरीत चल्ने गरेका सवारी साधनलाई बिगतमा दैनिक पाँच सयको हाराहारीमा कार्यवाही हुने गरेकोमा हाल कार्यवाहीको संख्या दैनिक आठसयसम्म पुगेको उनले जानकारी दिए ।
कार्यवाहीमा बिगतमा दैनिक बढीमा तप्ीनखाल २५ हजारसम्म राजस्व संकलन हुँदै आएकोमा हाल दैनिक पाँचलाख ३२ हजारसम्म संकलन भएको छ ।
पुस १४ यता प्रदेश २ को विभिन्न जिल्लामा गरी ट्राफिक नियम पालना बारे दुईसय १५ स्थानमा जनचेतना मुलक कार्यक्रम गरीसकेको टफिक प्रहरी प्रदेश कार्यालय पथलैयाले जनाएको छ ।
आँउदा दिनमा चेतनामुलक कार्यक्रम थप प्रभावकारी बनाउन प्रदेशको सबै जिल्ला ट्राफिक कार्यालयद्धारा बजार, बिद्यालय लगायत सार्वजनिक स्थानहरुमा प्रोजेक्टर मार्फत सञ्चालन गर्ने योजना रहेको छ ।
त्यसको लागी प्रोजेक्टर,ल्यापटप,लगायतका उपकरण खरीमा सहयोग गर्न बारा र रौतहटमा दुईजना दाताले सहयोग गर्ने प्रतिवद्धता जनाई सकेको टफिक प्रहरी प्रमुख एसपी श्यामकुमार महतोले जानकारी दिएका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध
-
प्रेमीबाट छुटाउन आफन्तबाटै हत्या !
-
मेरो र तेरो गुटको भनेर कसैले पनि भल छोप्ने काम नगर्दा हुन्छ ः हिमाल शर्मा
-
विधेयक पारित गर्न समय तोक्ने मुख्य कुरा होइन : सभामुख घिमिरे
-
नेपाल समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा रम्तेल निर्वाचित
-
हमासले तीन इजरायली बन्धकहरूलाई रिहा गरेको बदलामा १८३ प्यालेस्टिनी पनि छुटे