शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रलय घडी’को सुई हालसम्मकै कम दूरीमा, आणविक युद्ध र जलवायु परिवर्तनको उच्च खतरा

शनिबार, ११ माघ २०७६, १५ : ४२
शनिबार, ११ माघ २०७६

एजेन्सी । वैज्ञानिकले आणविक युद्ध र जलवायु संकटको खतराको संकेत दिने प्रलयको घडीको सुई मध्यरात (१२ बज्न) हुन १०० सेकेण्ड बाँकी बनाएका छन् । 

प्रलयको घडीमा मध्यरात हुन जति कम समय रहन्छ, संसार मानव सिर्जित कारणले नष्ट हुने संघारमा हुन्छ ।  

यो घडी सन् १९४७बाट प्रयोगमा ल्याइएको हो । यस पटक घडीको सुई ७३ वर्षको इतिहासमा सबैभन्दा बढी तनावपूर्ण अवस्थामा देखिएको छ ।

अमेरिका र रुसबीच शीतयुद्ध चल्दा यसको सुई १२ बज्नबाट १२० सेकेण्डमाा राखिएको थियो । तर अहिले घडीको सुई त्योभन्दा कम दुरीमा पुगेको छ । 

यो घडीको सुईलाई अगाडि पछाडि गर्ने आणविक वैज्ञानिकका समूहमा १३ नोबेल पुरस्कार विजेता वैज्ञानिक पनि सामेल छन् । 

परमाणु हतियारको अन्त्यका लागि काम गर्ने संस्था ‘ग्लोबल जीरो’का कार्यकारी निर्देशक डेरेक जोनसनले पृथ्वी र समुन्द्रको बढ्दो तापमान र घडी १०० सेकेण्डमात्र रहनुले हामी खतराको धेरै नजिक आएको बताएका छन् । 

यस यघि यो घडीको सुई १२ को सबैभन्दा नजिक सन् १९५३ मा बनाइएको थियो जब यो घडीमा १२ बज्न १२० सेकेण्ड बाँकी देखाइएको थियो ।

‘द बुलेटिन अफ द एटोमिक साइन्टिस्ट’का वैज्ञानिक रोर्ब रोजनरले बिहिबार यस विषयमा बोल्ने क्रममा भने ,‘सन् १९४९मा जब रुसले पहिलो पटक आणविक बम परिक्षण गर्यो, संसारमा आणविक हतियारको दौड सुरु भयो । त्यो समय पछि घडीको सुई १२ बज्न १८० सेकेण्डको बाँकी थियो । 

चार वर्षपछि सन् १९५३ मा यो अन्तर घटेर १२० सेकण्डमा आयो । त्यसको अघिल्लो वर्ष अमेरिकाले पहिलो थर्मोन्युक्लियर उपकरणको परिक्षण गरेको थियो र शीत युद्ध चरममा थियो । 

वर्तमान अवस्थाबारे प्रष्टाउर्दै जर्ज वाशिन्टन विश्वविद्यालयका प्राध्यापक शेरोन स्क्वासोनीले भने ,‘परमाणु हतियारको खतराको स्थिति चरमचुलीमा छ । इरान नयाँ परमाणु सम्झौताको लागि सहमत छैन । उत्तर कोरिया लगातार परमाणु क्षमता बढाइरहेको छ ।’ 

‘त्यस अतिरिक्त mअमेरिका, चीन र रुस परमाणु हतियारमा अनुसन्धान गरिरहेका छन् । भारत–पाकिस्तानले सम्पूर्ण दक्षिण एशियालाई आणविक सन्त्रासमा राखेको छ । त्यस क्षेत्रमा मध्यस्थताको सम्भावना कम हुदैं गएको छ ,’ स्क्वासोनीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप