शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मदनकृष्णले छोरी सरानासँग गाए ‘पानी छाया’

शनिबार, ११ माघ २०७६, १५ : ३३
शनिबार, ११ माघ २०७६

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी छोरी सराना श्रेष्ठलले गीत ‘पानी छाया’ ल्याएकी छन् । राजधानीमा एक कार्यक्रमको बीच गीत सार्वजनिक गरिएको छ । 

मदनकृष्ण र सरानासँगै हरिवंश आचार्य, राजेन्द्र थापा, दीपाश्री निरौला, केदार घिमिरे लगाायतको उपस्थिति रहेको कार्यक्रममा गीतको भिडियो पनि देखाइएको थियो । भिडियोमा मदन र सरानासँगै केविश पाण्डे, आर्शिना भट्टराईको अभिनय रहेको छ । भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । 

गीत गायनमा सरानालाई उनका पिता मदनकृष्णले पनि साथ दिएका छन् । गीतमा राजेन्द्र थापाको शब्द, राजनराज शिवाकोटीको संगीत रहेको छ ।

कार्यक्रममा मदन कृष्ण श्रेष्ठले छोरीको स्वर सफा, शब्द उच्चारण क्लियर रहेको बताउदा हरिवंश आचार्यले सरानाको अभिनय र गायनमा राम्रो सम्भावना रहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप