शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरटीसँग गोलरहित बराबरीमा रोकियो आर्मी

शनिबार, ११ माघ २०७६, १५ : १०
शनिबार, ११ माघ २०७६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लक एनआरटीसँग बराबरीमा रोकिएको छ । 

दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीले १० खेलाडीमा समेटिएको एनआरटीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । आर्मीले लगातार गोल गर्ने अवसर खेर फालेको थियो । आर्मीको प्रयासमा एनआरटीको रक्षापंक्ति बाधक बनेको थियो । 

आर्मीको लगातार प्रहारलाई विफल पारेका एनआरटीका गोलरक्षक अजित प्रजापति म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । दोस्रो हाफको इन्जुरी समयमा एनआरटी १० खेलाडीमा समेटिएको थियो ।

 एनआरटीका अफ्रिकी खेलाडी जुनियर निकेनगुए दोहोरो पहँेलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । तरपनि आर्मी बराबरीमा चिक्त बुझाउन बाध्य बन्यो । बराबरीसँगै आर्मीले शीर्ष स्थानमा तीन अंकको अग्रता लिने मौका गुमाएको छ । आठ खेलपछि १७ अंक बनाएको आर्मी शीर्ष स्थानमा यथावत छ । १२ अंक बनाएको एनआरटी छैटौं स्थानमा छ । दोस्रो र तेस्रो स्थानमा रहेका मच्छिन्द्र र मनाङको समान १६ अंक छ । आर्मीको बराबरीले उपाधि होड झनै रोचक बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप