टुँडिखेलमा ल्होसारको उल्लास : तामाङ पहिरनमा युवतीदेखि वृद्धवृद्धासम्म (फोटोफिचर)

काठमाडौँ । नेपाल सानो मुलुक भएपछि यहाँको सांस्कृतिक विविधता लोभलाग्दो छ । विभिन्न जातजातीको संस्कृति झल्काउने आफ्नै रितिरिवाज र चालचलन छ छँदैछ उनीहरुको पर्वमा अर्को फरक समूदायले पनि पनि उत्तीकै सम्मान र हार्दिकता देखाउँछन् । यस्तैमा एक हो–तामाङ समुदायले मनाउने ल्होसार । माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५६औँ वर्ष शुरु हुन्छ । आजदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । शनिबार मनाइने पर्वका अवसरमा वाग्मती प्रदेशले शुक्रबार नै प्रदेशभर सार्वजनिक बिदा दिएको थियो ।
यसै अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्दै ल्होसार मनाएको छ । कार्यक्रममा तामाङ समूदायका बालबालिका, युवायुवती र वृद्धवृद्धासँगै सँगै अन्य समूदायका मानिहरुसमेत सहभागी भएको देखिन्थ्यो । अधिकांश सहभागीहरु तामाङ पहिरनमा सजिएका थिए ।
टुँडिखेलको ल्होसारका तस्बिरहरु हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा अध्ययन पुरा नगरेकालाई काठमाडौँ विश्वविद्यालयले पुनः पढ्न दिने
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
-
महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?
-
यस्तो कीर्तिमान बनाउने विश्वकै पहिलो क्रिकेटर बने न्युजिल्यान्डका रचिन रवीन्द्र
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
एउटै सामुदायिक विद्यालयमा एकै परिवारका चार जनाको हालीमुहाली