पर्वतमा ४०२ जनाको निःशुल्क मुटु परीक्षण

पर्वत सदरमुकाम कुश्माबजारमा सञ्चालित निःशुल्क मुटु रोग परीक्षण शिविरमा ४०० बढीको उपचार गरिएको छ । पर्वत अस्पतालको ३० औं स्थापना दिवस तथा छैटौं पर्वत महोत्सवका अवसर पारेर आयोजना गरिएको निःशुल्क मुटु शिविरमा ४०२ जनाले स्वास्थ्य लाभ लिएका हुन् । जसमध्ये १० जनाको मुटुको ‘शल्यक्रिया’ गर्नुपर्ने देखिएको छ । २१ जनाले नियमित जाँचमा बस्नु पर्ने अवस्था भेटिएको बरिष्ठ मुटृुरोग विशेषज्ञ डा.अनिल भट्टराईले जानकारी दिए ।
सो अवसरमा निःशुल्क इको, इसिजी र निःशुल्क औषधीसमेत वितरण गरिएको थियो । परीक्षणका क्रममा शल्यक्रिया गर्नुपर्नेका लागि विशेष छुटको व्यवस्था समेत मिलाइएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भट्टराईले बिरामीको परीक्षण गरेका हुन् । ‘सेभ द हार्ट’ नामक संस्थाले शिविरलाई सहयोग पु¥याएको थियो ।
महोत्सवको अवसर पारेर सञ्चालन गरिएको शिविरबाट पर्वत, बागलुङ, म्याग्दी, कास्की र स्याङ्जाका नागरिकले लाभ लिएका छन् । आर्थिक अभावका कारण लामो समयदेखि रोग पालेर बसेकालाई सहज भएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपतिनाथ क्षेत्रमा एसपीको नेतृत्वमा ४ हजार प्रहरी परिचालन गरिँदै
-
सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएको समय सकियो, काम सुरु भएन
-
एसपीए कैलाली प्रिमियर लिग क्रिकेट : सेमिफाइनल समीकरण पूरा
-
वर्तमान सरकार लुटतन्त्रलाई लुकाउन बनेको हो : महतो
-
कोशी प्रदेशसभा : विधेयक सर्वसम्मतिले पारित
-
‘टग अफ वार’ प्रतियोगिताको तेस्रो संस्करण फागुन १६ गतेदेखि