शहरबाट गाउँ फर्केर माछापालनमा रमाउँदै मल्ल
तनहुँको म्याग्दे गाउँपालिका–५ का ५६ वर्षीय विष्णुकुमार मल्ल सदरमुकाम दमौलीमा २५ वर्ष व्यापार गरी अहिले गाउँमा फर्केर व्यावसायिक माछापालन थालेका छन् । दमौली डाग्रीखोल्सीस्थित फेन्सी पसल बिक्री गरेर एक वर्षदेखि मल्ल माछापालनमा सक्रिय छन् ।
उनले १५ रोपनीमा आठ पोखरी बनाएका छन्। पोखरीमा ग्रास, कमन, सिल्भर, नैनी, रहुलगायतका माछा छन् । शुरुमा आठ हजार माछाका भुरा पोखरीमा राख्नुभएका मल्लले पाँच हजार बिक्री गर्दा रु तीन लाख आम्दानी गरी सकेको बताए ।
पछिल्लो समय गाउँका युवापुस्ता विदेशीने क्रम बढ्न थालेको छ । उनीहरुलाई गाउँघरमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिने उद्देश्यले व्यवसाय थालेको मल्लले सुनाए । रेड गार्डेन कम्पनी जर्मनमा पाँच वर्षको अनुभव बटुलेका मल्ल तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइका पूर्वसभापतिको साथै विभिन्न सङ्घसंस्थामा सक्रिय भएर काम गर्दै आएका छन् ।
शुरुमा रु २५ लाख लगानी गरेको बताउँदै मल्लले एक रोपनीमा जति धान उत्पादन हुन्छ, त्यसको चार गुना बढी माछा उत्पादन हुने भएकाले आफू यसतर्फ आकर्षित भएको जानकारी दिए । मल्लले माछा पोखरीमा आवश्यकताअनुरुप चार÷पाँचजनालाई रोजगारी दिएका छन् ।
त्यहा उत्पादन गरिएका माछाको लागि बजारको कुनै पनि अभाव छैन । उत्पादित माछा दमौली बजार खपत हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कर्णाली प्रदेशको राजस्वको दायरा निकै साँघुरो भयो’
-
सरस्वतीको पूजाको अवसरमा विद्यालयमा विद्यार्थीहरूको पूजा आराधना, तस्बिरहरू
-
गण्डकीको हिउँदे अधिवेशन आजदेखि, के छन् कार्यसूची ?
-
वसन्तपुरमा वसन्त श्रवण, तस्बिरहरू
-
‘पुँजीवादले जलवायु संकट समाधान गर्न सक्दैन’
-
प्रदेश सरकार देखिने र अनुभव गर्न सकिने सेवा प्रदान गर्न सफल : मुख्यमन्त्री आचार्य